नगर विकासको जग्गा विक्री वितरणमा भएको अनियमितताबारे छानबिन गर्दै अख्तियार

भदौ २१, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित नगर विकास समितिका तत्कालिन पदाधिकारीले गरेको  जग्गा विक्री वितरणबारे अख्तियारको टोलीले छानबिन शुरु गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले छानबिन शुरु गरेको हो । तत्कालिन रुपमा महेन्द्रनगर नगर विकास समितिको रुपमा रहेको नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत रहेको छ । नगरपालिकाले केही महीना अघि मात्रै नगर विकासको स्वमित्व लिएको हो ।  आयोगको केन्द्रीय कार्यालयले छानबिन टोली बनाएर शनिवारदेखि नगर विकासका तत्कालिन समितिले गरेको काम कारवाहीबारे अनुसन्धान शुरु गरेको हो । आयोगका उप सचिव ओमप्रकाश बरालको संयोजकत्वमा गठित ४ सदस्यीय कार्यदलले अनुसन्धान शुरु भएको हो ।  नगर विकास समितिले महेन्द्रनगर बजार क्षेत्रमा भएको जमिन विक्री वितरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान गर्न लागेको हो । आयोगका केन्द्रीय सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले नगर विकास समितिको जग्गाको व्यापक हिनामिना तथा विक्री वितरणमा अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगको ध्यानार्कण भएको बताए ।  उनका अनुसार नगर विकास समितिको जमिनको विक्री वितरण प्रक्रियालाई आयोगले गम्भीर रुपमा लिएको छ । आयोगले तत्कालिन नगर विकास समितिले गरेको निणर्यका कागजात र विक्री वितरण प्रक्रियाबारे अनुसन्धान गर्नेछ ।  सरकारी जमिन विक्री वितरण प्रक्रियाबारे अनुसन्धान शुरु भएको छ ।’ सहायत प्रवत्ता भण्डारीले भने ‘छिटो भन्दा छिटो यसको अनुसन्धान सक्ने गरि हामीले अनुसन्धान थालेका छौं, छानविनका लागि सरोकारवालासँग छलफलसहित नाप नक्सादेखि सबैको स्थलगत अनुगमन गर्ने योजना छ ।’ छानविन टोलीले जमिन विक्री वितरणमा भएको प्रक्रिया, सार्वजनिक खरीद ऐन अनुसार भएन नभएको सबैको अध्ययन गर्नेछ । यसअघि शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाइ र शहरी विकास मन्त्रालयको छुट्टाछुट्टै छानविन टोलीले समेत जमिन विक्री वितरणमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।  ‘नगर विकास समितिको जमिन विक्री, लिजमा दिने र भाडामा दिने प्रक्रिया प्रचलित कानून बमोजिम हुनुपर्ने बताउँदै त्यस विषय गहन अनुसन्धानपछि टोलीले प्रतिवेदन तयार गरि आवश्यक कारवाही प्रक्रिया शुरु हुन्छ ।’ टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान शुरु गरिसकेको अनुसन्धान टोलीका संयोजक आयोगका उपसचिव ओमप्रकाश बरालले बताए ।  उनले अनसुन्धान टोलीले बयान लिनेदेखि फिल्डको अनुगमन सबै सकेर प्रतिवेदन तयार गरेर आयोगमा बुझाउने बताए । २०३५ मा गठित नगर विकास समितिको नाममा ६३८ बिघा जमिन थियो । तर हाल समितिको नाममा करीब ६० बिघा मात्रै जमिन बाँकी रहेको छ । नगर विकास समितिले जमिन विक्री वितरणमा गरेका सबै कामकाज खारेजीको माग गर्दै महेन्द्रनगरमा बेला–बेलामा आन्दोलन समेत हुँदै आएको छ ।  २०६७ पछि नियुक्त भएका अध्यक्षहरुले आफू निकटका व्यक्तिहरुलाई तोकि जमिन विक्री वितरण गरेको आरोप छ । २०६७ यता नगर विकास समितिमा ६ अध्यक्ष नियुक्त भएका छन् । नियुक्त भएका अध्यक्ष पुष्कल चौधरी, मोहन गिरी, पल्टु राना, गोपाल रसाइली र सुरेन्द्र विष्टले आप्mनो पालामा मनपरी ढंगले जमिन विक्री र लिजमा दिने काम गरेका थिए ।   २०५८ मा कान्तु पनेरु नगर विकास समितिका अध्यक्ष हुँदा महेन्द्रनगर बजार क्षेत्रमा सिटि हल निर्माणका लागि नगर विकास मातहतको जमिन विक्री गर्ने निर्णय भएको थियो ।  यहि निर्णयका आधारमा त्यस पछिका अध्यक्षहरुले धमाधम तोकादेशका भरमा जमिन विक्री गरेका हुन् । २०७५ स्थानीय युवा तथा विद्यार्थीहरुको आन्दोलनपछि नगर विकास समिति नै खारेज गरेर संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले कुनै काम गर्न सकेन । नगर विकास समिति मातहत रहेको जमिन तथा भौतिक संचनालाई २०७७ मा भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

सम्बन्धित सामग्री

केयूकेएल सीईओ नियुक्तिको ‘एडभान्स घुस’ छानबिन प्रतिवेदन अख्तियार पठाइँदै

९ चैत, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया विवाद सम्बन्धी छानबिन प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्ने भएको छ । केयूकेएल सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि सरकारले छानबिन गर्दागर्दै केयूकेएल सञ्चालक समितिले सीईओ नियुक्ति गरेको थियो । सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी […]

एक लाख फर्जी सवारी लाइसेन्स प्रकरण : अख्तियार र सिआइबीको छानबिन सुस्त

लिखित र ट्रायलविनै वितरण एक लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा छानबिन सुस्त देखिएको छ । खास गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिनमा ‘आवश्यक’ अग्रसरता...

निगम पोखरा डिपोको भ्रष्टाचार छानबिन गर्दै अख्तियार

नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले छानबिन अघि बढाएको छ । निगमको कार्यालयका निलम्बित डिपो प्रमुख चित्तरञ्जन दासले २५ साउनमा...

उखु किसानको साढे ८ करोड अपचलनमा कांग्रेस नेता कनोडियामाथि छानबिन गर्दै अख्तियार

१६ चैत, काठमाडौं । उखु किसानका लागि सरकारले दिएको अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगी तथा नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियामाथि छानबिन थालेको छ । उखु किसानलाई दिन सरकारबाट ८ करोड ७९ लाख ३७ हजार ९२३ रुपैयाँ अनुदान लिएका कनोडियाले किसानलाई नदिई आफैं राखेको किसानहरुको दाबी छ । कनोडियाको महालक्ष्मी सुगर्स […]

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

काठमाडौं, साउन १४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् […]

सरूवामा लाखौंको चलखेल भएपछि छानबिन थाल्दै अख्तियार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरूवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । सामान्यको सरूवामा लाखौं चलखेल शीर्षकमा शुक्रबार राजधानी दैनिकले समाचार प्रकाशित गरेपछि यस विषयलाई अख्तियारले गम्भीर चासो दिँदै छानबिन गर्ने भएको हो । सामान्यमा कर्मचारी […]

कर्मचारी सरुवामा चलखेल, छानबिन थाल्दै अख्तियार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाइ गर्दै आर्थिक सङ्कलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।  सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटेलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् ।  आयोग […]

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् । आयोग स्रोतका अनुसार आयोगले छानबिनका क्रममा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समयमा गरेको सरुवाको विवरण मागेर अनुसन्धान थाल्ने

सलकपुर सामुदायिक वनको अनियमितता छानबिन गर्दै अख्तियार

मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित वन कटानको विषयमा छानबिन गर्ने भएको छ। अख्तियार इटहरीका प्रवक्ता निरजकुमार देवले सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुर सामुदायिक वनमा भएको अनियमितताबारे छानबिन सुरु भएको जानकारी दिए। सब–डिभजिन वन कार्यालय सलकपुरले सामुदायिक वनमा उपभोक्ता समितिले आदेशभन्दा बढी काठ कटान गरेको जनाएको थियो। उपभोक्ता समितिले वन कटानमा भ्रष्टाचार गरेको […]

नारायणहिटीमा विवादास्पद रेस्टुरेन्ट : अख्तियार र मन्त्रालयबाट छानबिन सुरु

नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सङ्ग्रहालयको करिब १० रोपनी जग्गा रेस्टुरेन्टका लागि बतास समूहको बी म्यानेजमेन्टलाई मासिक दुई लाख २१ हजार रुपियाँ भाडामा लगाएको समाचारपछि छानबिन सुरु भएको हो । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट छानबिन सुरु भए