काठमाडौँ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज (सोमबार) गरेको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ। सोमबार साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई […]
काठमाडौँ। नेपाली कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक दुवै महामन्त्रीबीच छलफल हुने भएको छ। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण र रमेश लेखकबीच सोमबार राति नै छलफल हुने भएको हो। विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेसँगै पहिलो चरणमा दुवै पक्षका नेताबीच संवाद हुने भएको […]
अमेरिकामा वैधानिक रूपमा बसोबास गरिरहेका ८३ जना आप्रवासीहरूको एक समूहले राष्ट्रियतामा आधारित नयाँ प्रतिबन्धका कारण आफ्नो ग्रीन कार्ड प्रक्रिया रोकिएको भन्दै आइतबार संघीय अदालतमा मुद्दा दायर गरेका छन्। मेरिल्याण्डको संघीय अदालतमा दायर गरिएको उजुरीमा वादीहरूले युएससीआईएसका निर्देशक जोसेफ एड्लोलाई रोकिएका ग्रिनकार्ड आवेदनहरू पुनः अघि बढाउन आदेश दिन माग गरेका छन्। यस मुद्दामा ५७ मुख्य आवेदक […]
काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरले गठन गरेको वार्ता टोलीबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्। लेखकले नेपालन्युजसँग कुरा गर्दै वार्ता टोलीको विषयमा अनभिज्ञता जनाए। उनले ‘एउटै पार्टीमा छलफल र संवाद गर्न वार्ता टोली नचाहिने’ पनि दाबी गरे। देउवासँग वार्ता गर्न गगन-विश्वप्रकाशद्वारा चार सदस्यीय टोली गठन‚ को-को छन् टोलीमा? सोमबार […]
हेटौँडा। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ। बामगती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका ६ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको हो। बागमती प्रदेशमा एक महिला र एक अन्य गरी […]