काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको छ। सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासमा माघ ४ गतेदेखि भइरहेको बहस आज अदालत सहयोगी (एमिकस क्युरी) गीता पाठकले राय दिएपछि सकिएको हो। सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले संसद विघटन मुद्दामा बहस सकिएको र यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थाहा खबरलाई जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट बुझाउन आग्रह गरेका छन् । ‘बहस सकिएपछि फागुन १० गतेभित्र बहस नोट