उद्धारको आशामा युक्रेनमा नेपाली, कसरी फर्कदै छन् घर ?

सर्लाही, लालबन्दीका रोजन झा विगत चार दिनदेखि युक्रेन खार्किभस्थित एक मेट्रो स्टेसनको भुईँमा समय कटाइ रहेका छन्। रुस र युक्रेनबीच तनाव चर्किएपछि आक्रमणको जोखिमबाट बच्न त्यहाँ शरण लिनेहरूको भीडमा आफू एक्लो नेपाली भएको उनी बताउँछन्।'केही सोच्नै सकेको छैन। यहाँबाट निस्कनु नै जोखिमपूर्ण छ,' झाले आफ्नो अवस्था व्याख्या गरे।रोजनले वरपर बसेका केही मानिसहरू खानेकुरा सकिएर समस्यामा परेको देखेका रहेछन्। आफूले उद्धारका लागि बर्लिनस्थित नेपाली राजदूतावास समक्ष आग्रह गरेको उनले सुनाए।जवाफमा उनी आफू बसेको ठाउँबाट पोल्यान्ड वा हङ्गेरीको सीमासम्म पुग्न सके त्यहाँबाट निस्कन र नेपाल फर्कने व्यवस्था गरिदिने बताइएको उनी भन्छन्।'नेपाल सरकारको तर्फबाट बोर्डरसम्म आउनु भनियो तर कसरी आउने भनिएन, व्यवस्था गरिएन।'आफ्नालागि निकटको सीमा क्षेत्र करिब १२०० देखि १५०० किलोमिटर टाढा भएको रोजन बताउँछन्।'परिवारले मलाई नेपाल फर्काउन सक्दो कोसिस गरिरहेको छ तर यहाँको अवस्था हेर्दा लाग्छ, सरकारले पहल गरे मात्र हाम्रो समयमै उद्धार हुन्छ।'तनावबीच युक्रेनसँग सीमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले मानवताको आधार दर्शाउँदै आफ्ना मुलुक प्रवेश गर्न चाहनेहरूका लागि नाका खुला गरिदिएका छन्।सीमासम्मको कष्टपूर्ण या यात्रा, त्यहाँबाट आफ्नो देशबुकोभिनियन स्टेट मेडिकल विश्वविद्यालय, चर्निभ्सीमा एमएस जनरल सर्जरीमा अध्ययनरत डा. पवन तिवारी सङ्गै अध्ययनरत् अर्का डा. गणेशकुमार विष्ट १० किलोमिटर ट्याक्सी र बाँकी २० किलोमिटर पैदल हिँडेर सीमा क्षेत्रमा पुगे। त्यहाँ चार दिनदेखि सीमा खुल्ने पर्खाइमा रहेकाहरूसँग मिसिएको केही घण्टापछि रुमेनिया छिर्न पाएको उनले बताए।'अन्य देशका नागरिकहरूलाई सम्बन्धित देशको झन्डा अङ्कित गाडीमार्फत सीमासम्म छोडियो। हामी भने बल्लबल्ल सीमा पार गर्‍यौँ र आफ्नै खर्चमा नेपाल फर्कँदै छौँ।'आफूहरूलाई रुमेनियामा रहेका नवराज पोखरेलले दस्ताबेज बनाउन, सीमा पार गर्न र खान, बस्न सहयोग गरेको सुनाए।बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीहरूलाई प्रत्यक्ष दूतावासमा वा रुमेनियामा रहेका पोखरेललगायत स्लोभाकिया, पोल्यान्ड, हङ्गेरीका गैर आवासीय नेपाली सङ्घ वा त्यहाँका प्रतिनिधिमार्फत सम्पर्कमा आउन आग्रह गरेको थियो।राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईका अनुसार प्रत्यक्ष एवं सङ्घहरूमार्फत युक्रेनमा रहेका करिब २३० जना नेपालीले युक्रेनबाट निस्कनका निम्ति नाम टिपाएको बताइन्।'हामीकहाँ सम्पर्कमा आउनेहरूको सङ्ख्या बढ्दो छ। धेरै जना सीमा वा सीमाबाट अन्य देशको सहरहरूतर्फको यात्रामा भएकाले कति जनाले युक्रेन छोड्नु भयो भन्ने यकिन तथ्याङ्क छैन,' उनले जानकारी दिइन्।हालसम्म स्लोभाकियामा २७ जना, रुमेनियामा १२ जना, हङ्गेरीमा ४ जना र पोल्यान्डमा ५० देखि ६० जना नेपाली पुगिसकेका बताइएको छ।'पोल्यान्ड छिरेपछि धेरै जनासँग मोबाइल फोनको सिम कार्ड उपलब्ध नहुने भएकाले हामीसँग सम्पर्कमा आउनु भएको छैन। त्यसैले यकिन तथ्याङ्कका लागि पहल गरिरहेका छौँ,' उनले भनिन्।पोल्यान्डको सीमामा थप नेपालीहरू आएर बसेको विवरण बर्लिनको नेपाली राजदूतावासलाई प्राप्त भएको बताइएको छ।'त्यहाँबाट युक्रेनका नागरिक र बालबालिका भएका महिला र अन्य महिलाहरूलाई प्राथमिकता दिएर प्रस्थान गराइएको छ भन्ने खबर छ। नेपाली पुरुषहरूले आफू पोल्यान्ड छिर्न नपाएको गुनासोसहित सम्पर्क गरिरहनु भएको छ। हामीले उहाँहरूका लागि पनि आवश्यक पहल गरेका छौँ,' चौलागाईले भनिन्।युक्रेन-पोल्यान्डको सीमामा उल्लेख्य नेपालीयुक्रेन र रुसबीचको द्वन्द्व सुरु भएयता युक्रेनमा रहेका केही नेपालीहरू छिमेकी मुलुकमा गइरहेका छन्। तीमध्ये सर्वाधिक पोल्यान्ड पसेको वा त्यस देशको सीमामा रहेको जानकारहरू बताउँछन्।पोल्यान्ड भित्रनेहरूको लागि आवास र खाद्यान्नको व्यवस्थाका लागि समन्वयमा खटेका क्यान्सर रोग विशेषज्ञ डा. बोधराज सुवेदीका अनुसार त्यहाँ भित्रिएकाहरूका लागि खाना, ओछ्यान, लत्ताकपडा र स्वास्थ्य सेवासहितको शिविरहरूमा बस्ने सुविधा मिलाइएको छ।तर प्रायः नेपालीहरू शिविरमा नभई आफन्त, साथीभाइ वा चिनजानको मानिसकहाँ गएको उनको कथन छ।महिलाका लागि पोल्यान्ड प्रस्थान केही सहज भए पनि पुरुषहरूका लागि सीमा प्रहरीका प्रवक्ता र सांसद मारेक रिजेकासँग आग्रह गर्नु परेको उनले जिकिर गरे।'उहाँहरूमध्ये २/४ जना मात्र शिविरमा जानु भयो। बाँकी चिनजानको नेपालीकहाँ हुनुहुन्छ तर सिम कार्ड नभएकाले हुनसक्छ हामीसँग सम्पर्कमा आउनु भएको छैन,' उनले भने।'धेरैले आफूसँग पासपोर्ट नभएको बताउनु भएको छ जसका कारण नेपाल पठाउने प्रक्रिया सुरु भएको छैन।'पोल्यान्ड पसेपछि सम्पर्कमा नरहने भएकै कारण युक्रेनबाट यस देशमा पसेका नेपालीहरूबारे तथ्याङ्क यकिन नभएको राजदूतावासकी तृतीय सचिव चौलागाईले बताइन्।उनका अनुसार राहदानी साथै अन्य आवश्यक कागजपत्र नभएको अवस्थामा नेपालीहरूलाई यात्रा अनुमति पत्र बनाइ नेपाल फर्काइने प्रावधान छ।नेपालीलाई देश फर्काउन के गर्दै छ मन्त्रालय?परराष्ट्र मन्त्रालयले तत्काल युक्रेनमा रहेका नेपालीलाई सुरक्षित रूपमा त्यहाँबाट निकाल्न जोड दिइरहेको अधिकारीहरूले बताएका छन्।मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार हालसम्म २३० जनाभन्दा बढीले त्यहाँबाट निस्कन चाहेको बताएका छन् र तीमध्ये १ सय ७४ जना विभिन्न छिमेकी मुलुकमा प्रस्थान गरिसकेका छन्।'नेपाल नै फर्कन चाहन्छौँ भन्ने दुई जना डाक्टर भोलि नेपाल आइपुग्दै हुनुहुन्छ। तीबाहेक अन्यले हालसम्म नाम टिपाएको जानकारी मन्त्रालयलाई आएको छैन,' लम्सालले बीबीसीसँग भनिन्।सङ्कटमा रहेका नेपालीहरूसम्मको पहुँच र उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराउनका लागि मस्को र बर्लिनस्थित राजदूतावासहरू र विभिन्न नेपाली सङ्घ संस्थाहरूसँग समन्वयन भइरहेको जानकारी उनले दिइन्।'कति जना नेपाल फर्कन चाहन्छन् भन्ने यकिन भएपछि बल्ल खर्चको सम्बन्धमा छलफल हुनेछ। त्यसका लागि हामी दूतावासको सुझाव पनि आत्मसात् गर्छौँ,' लम्सालले बताइन्।मेट्रो स्टेसनमा उद्धारको पर्खाइमा रहेका रोजन भन्छन्, 'आफ्नो देशबाट सहयोगको आशा छ। त्यो पाउन ढिला नहोस्।' -बिबिसीबाट 

सम्बन्धित सामग्री

‘भाइरल घर’ बन्यो सिकर्मी घर

यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।...

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर […]

हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

सरकारले हरेक घर : ऊर्जा घर को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र जारी गरी हरेक घर : ऊर्जा घरको अवधारणा ल्याएको हो।उक्त अवधारणामा ऊर्जा दक्षता कार्यक्रम र घरको छानामा राखिने रूफटप सौर्य ऊर्जालाई 'नेट मिटरिङ तथा नेट पेमेन्टको आधारमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने उल्लेख छ। तर, अहिलेसम्म पनि यो कार्यक्रम कार्यान्वयन तहमा गएको छैन। पाइलट प्र

सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर बनाउँदिनँः सागर थापा

मोरङ – एमाले मेयर उम्मेदवार सागर थापाले विराटनगर महानगरमा रहेका सुकुम्बासीको घर नबुन्जेल आफ्नो घर नबनाउने घोषणा गरेका छन्। निर्वाचनका क्रममा सोमबार विराटनगरमा घरदैलो कार्यक्रममा उम्मेदवार थापाले आफू भाडाको घरमा बसिरहेको हुँदा सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर नबनाउने बताएका हुन्। महानगरभित्र २० हजार संख्यामा सुकुम्बासी रहेको बताएका थापाले जग्गा नभएकालाई जग्गा व्यवस्थापन गर्दै घर नबनाउन्जेल […]

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।आइतबारदेखि नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको […]

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि […]

घर-घर जाऔँ, कांग्रेस जिताऔँ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ। आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो।...

घर

यस्तो घर पनि के घर ? यस्तो जिन्दगी पनि के जिन्दगी ? ऊ यस्तै केके सोचिरहन्थ्यो।

बाढीले चार घर बगायो, सात घर जोखिममा

गोरखा। चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ। आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ। विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ।

पहिरोले बिर्घामा एक घर पुरियो, जोखिममा दुई घर

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलमा पहिरोले एक घर पुरिएको छ। दुई घर जोखिममा रहेका छन्।स्थानीय दीपक नेपालीको पसल रहेको घर पुरिएको हो। चार दिनदेखि परेको अविरल वर्षासँगै माथिबाट झरेको पहिरोले घर पुरिएको बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रिखाईप्रसाद चौधरीले बताए। पहिरो झर्ने खतरा भएपछि पसलबाट सबै सामग्री यसअघि नै निकालिएको थियो। सानो टिनको छाप्रो पुरिएको उनले बताए। मानवीय क्षति भने भएको छैन्। समयमै सचेतना अपनाएका कारण अन्य क्षतिसमेत बढी हुन पाएन।पह