१४ कात्तिक, काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।
यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा छ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न …
छाला सम्बन्धी कुनैपनि समस्यामा बिरामीहरुले विशेषज्ञ चिकित्सकको सिफारिस भन्दापनि आफुखुसी फार्मेसीबाट स्टेरोइड क्रिम प्रयोग गर्दा छाला पातलो हुने, रगतका स–साना नसाहरु देखिने, रक्तचाप, ब्लड सुगरका समस्याहरु देखिने विशेषज्ञहरुले बताए । स्डेरोइड फार्मेसीहरुमा सहजै उपलब्ध हुने र बिना प्रेस्क्रिप्सन पाइने भएकाले दुरुपयोग बढेको सरोकारवालाहरुको भनाई छ।
काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गरेका हुन् । सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने […]
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार बसेको बैठक बहिष्कार गरे । तर सानेपाको बैठक बहिष्कार गरेका उनी शुक्रबार बिहान विशालनगरस्थित नेता डा. शेखर कोइराला पक्षको छलफलमा सहभागी भए। नेता कोइरालाको आयोजनामा भएको उक्त बैठकमा कांग्रेसको नियमित अर्थात् आगामी १५ औँ महाधिवेशनको कार्यतालिकाको खाका कोरिएको छ । उक्त महाधिवेशन कार्यतालिकाको खाकासहित गगन […]