वरीयतामा सुनील थापाले शेखरलाई पछि पारे

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहेका छन् ।  थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् । थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए भने कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए। यसअघि पदाधिकारीमा रहेक

सम्बन्धित सामग्री

सरोज खनाल, सुनील थापा अभिनीत ‘लालबहादुर, द स्पार्क ‘ सार्वजनिक

काठमाडाैँ – जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्मित नेपाली वेवसिरिज (लाल बहादुर, द स्पार्क) को आजबाट प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन छ। सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन (ख.ब.पु) को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना […]

धनकुटामा सूर्यबहादुरको उत्तराधिकारी सुनील थापा पराजित

धनकुटामा नेपाली कांग्रेसका उम्मेदवार सुनील थापा पराजित भएका छन् । पूर्वप्रधानमन्त्री तथा दिवंगत नेता सूर्यबहादुर थापाका पारिवारिक उत्तराधिकारी थापा पराजित बनेका हुन् । थापा सूर्यहादुरका छोरो हुन् भने पछिल्लो समय उनी राप्रपा परित्याग गर्दै कांग्रेसको राजनीतिमा सक्रिय छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार थापा एमालेका राजेन्द्र कुमार राईसँग पराजित भएका हुन् । राजेन्द्रले ३० हजार १०१ मत पाउँदा सुनीलले २८ हजार ७०४ मत पाए ।

जेठमा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

प्रेम कथानक फिल्म ‘सम्झना–विर्सना’को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउनेछ ।  आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङलगायतको अभिनय छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा

कांग्रेस नेताहरुको वरियता निर्धारण, शेखर भन्दा सुनील थापा सिनियर ! (सूचीसहित)

नेपाली कांग्रेसले केन्द्रीय समितिमा रहेका नेताहरुको वरियता निर्धारण गरेको छ । वरियताअनुसार सभापतिमा पराजित भइ स्वतः केन्द्रीय कमिटीमा रहेका शेखर कोइरालाको वरियता सुनील थापाको भन्दा तल रहेको छ । सुनीलको वरियता १९ नम्बरमा हुँदा शेखरको २० नम्बरमा रहेको छ । सुनील राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका थिए । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यको वरियताअनुसार  सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रोमा छन् । महामन्त्रीम...

सहमहामन्त्रीबाट केन्द्रीय सदस्यमा झरे सुनील थापा !

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।  राप्रपाका संस्थापक सूर्य थापाका छोरा सुनिल कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री पद पाएका थिए । शनिवार राष्ट्रिय सभागृहमा पुगेर थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।  सभापति शेरबहादुर देउवा निकट मानिने थापा पदाधिकारीको सूचीमा पर्न नसकेपछि केन्द्रीय सदस्यमा झरेर उम्मेदवारी दिएका हुन् ।  राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

'लाखे'मा कलाकारको लर्को

निर्देशक बस्नेतका अनुसार सुनील थापा, अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, विजय बराल, आर्यन अधिकारी, सुशिल सिटौला फिल्ममा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि बाँकी केही कलाकार अडिसनबाट छनोट गरिनेछ

सर्वोच्चको फैसलापछि देउवा निवासमा आन्तरिक छलफल जारी, कुन–कुन नेता छन् सहभागी ?

सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ । साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउव

युरोकपका धेरै नतिजा ‘सरप्राइज’रह्यो : सुनील थापा

युरोकपका नतिजा यसपटक धेरैका लागि आश्चर्यजनक रह्यो । उपाधि दाबेदार मानिएका ठूला टोलीहरू प्रतियोगिताको अघिल्लो चरणबाटै बाहिरिए । धेरैको मनपर्ने टोली चाँडै बाहिरिएपछि उनीहरूको युरोकप पनि सकिएको छ । अब थोरैका लागि मात्रै...

काँग्रेसले दियो सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य (नामावलीसहित)

नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी पार्टीमा समाहित भएको सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले केन्द्रीय समितिको निर्णयअनुसार थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो । जसमा सहमहामन्त्री थापासहित १० जना काँग्रेस केन्द्रीय कमिटीमा समेत छन् । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनक

राजा वीरेन्द्रको जागिर अस्वीकार गरिदिएँ : सुनील थापा - Naya Patrika

छोटो समय राजनीति गरेर मन्त्री बन्ने नेतामा पर्छन्, सुनील थापा । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर राजनीतिक स्थान बनाएका थापाको चर्चा मन्त्री बनेपछि ह्वात्तै बढ्यो । तर,...पूरा पढ्नुहोस् »