काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको आज बुधवारको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आर्थिक वर्षकाे बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताउनुभयो ।
पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप पनि लगाउनुभयो । सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसक...