काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले प्रहरीको सुरक्षामा फोहोर विसर्जन गर्न थालेको छ । हिजो एक सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र आज पनि काठमाण्डौमा थुप्रिएको फोहोर व्यवस्थापन हुने महानगरपालिकाले जनाएको छ ।
नुवाकोटको सिसडलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पुर्याउन थालेको हो । फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासिन्दाले गएको १ गतेदेखि फोहोर फाल्न अवरोध गर्दै आएका छन् । फोहोर माटोले छोप्नुपर्...