काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटर फाइनलमा आज त्रिभुवन आर्मी क्लब र थ्री स्टार खेल्दैछन् ।
खेल दिउँसो साढे दुई बजे पोखरा रङ्गशालामा हुनेछ । आजको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ।
मनाङ पुलिस क्लबलाई २–० गोलले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । यस्तै शनिवार भएको खेलमा बीवाईएससी मिनेसोटा यूएसएलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ।
प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले सामाजिक सञ्जालमा भोल...