राहत र उद्धारको काम प्रभावकारी बनाउन सरकारलाई माधव समूहको आग्रह

नेकपा (एमाले)को खनाल–नेपाल समूहले बाढी पहिरो पीडितहरूको उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार बसेको स्थायी समिति बैठकपछि नेता माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार गर्न ध्यानाकर्षण गराएको हो ।‘वर्षा याममा प्रत्येक वर्ष जसो नपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्वतयारी गरिएको देखिनु

सम्बन्धित सामग्री

राहत वितरण प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पबाट पीडितहरूलाई राहत वितरण प्रभावकारी बनाउन आग्रह गरेका छन् । आयोगले प्रभावित जिल्लाहरूको स्थलगत अनुगमनपछि शुक्रबार आयोगले सरकारलाई राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

‘विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरौँ’

काठमाडौँ, ४ असार । सांसदहरुले विपद् थाहा दिएर नआउँदै भन्दै जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जोखियमुक्त बस्ती पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताए । उनीहरुले प्रकोपबाट हुने क्षतिको न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना निर्माण तथा प्रकोपमा परेको व्यक्तिको उद्धार, राहत र क्षतिग्रस्त संरचनाको […]

विपद् व्यवस्थापन प्रभावकारी बनाउन आफ्नै हेलिकोप्टर किन्दै प्रदेश १ सरकार

आफु मातहत प्रहरी समायोजन नभएपनि प्रदेश १ मा गठबन्धन सरकारले हेलिकेप्टर खरिद गर्ने भएको छ । विपदको समयमा राहत र उद्धारका लागि संघीय सरकारको भर पर्नुपर्ने बाध्यता अन्त गर्न   प्रदेश...

उद्दार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको माग

प्रमुख सत्तारुढ दल कांग्रेसले अविरल वर्षाका कारण प्रभावितको उद्दार, राहत र  पुनर्स्थापनालाई प्रभावकारी बनाउन माग गरेको छ। कांग्रेसले विपद्को घडीमा प्रभावितको जीवनरक्षा, उद्दार र राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन्।...

राहत र पुनस्र्थापना प्रभावकारी बनाउन सांसदहरूको माग

संक्रामक रोगबाट प्रभावितहरुका लागि दिइने राहत तथा पुनस्र्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक रोग ऐन, २०२० उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्दै सांसदहरुले संक्रामक रोगपछि राहत तथा पुनस्र्थापना गर्ने निकायमा अस्पष्टता भएको र मनोमानी हुने गरेको भन्दै राहत तथा पुनस्र्थापनाको प्रावधान ऐनमा […]

बाढीपहिरो पीडितको उद्दार र राहतमा जुट्न एमालेको आव्हान

काठमाडौं। एमालेले आज विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी बिचल्ली परेका तथा बेपत्ता भएका नागरिकको उद्धार र राहत वितरण लागि तत्काल जुट्न जनप्रतिनिधि,पार्टी कमिटी र युवा पङ्तीलाई आव्हान गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी बनाउन,मृतकका परिवारलाई राहत उपलब्ध गराउन,बेपत्ताहरूको खोजी र बाढीले बेघरबार भएकालाई व्यवस्थित गर्न माग गरेको छ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सरकारले सबै मन्त्रालयलाई परिचालित गर्ने भएको छ। गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले विपद व्यवस्थापनको कार्य प्रभावकारी बनाउन मन्त्रालयको संयुक्त प्रयास गर्ने निर्णय गरेको हो। विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना,२०७८ स्वीकृत गरेको छ।