सर्वाधिक डिजिटल कारोबार गर्नेमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक बनेको छ । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रूपमा आइतवार सम्मान गरेको हो । एक विशेष कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरे । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशनतर्फ गएको बताए । बैंकले अन्तरराष्ट्रियस्तरको उन्नत बैंकिङ प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयर भित्त्याउन ‘आईटी इन्हान्स रोडम्याप’अन्तर्गत काम गरिरहेको उनले बताए ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

काठमाडाैँ – राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्नेसम्बन्धी बुधबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात ०८०/८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले हाललाई […]

सबै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आप्mनो सेवा देशको ७७ वटै जिल्ला सदरमुकाममा पु¥याएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर– ९ मा सोमबार शाखा सञ्चालनमा ल्याएसँगै बैंकको सेवा सबै जिल्लाको सदरमुकाममा पुगेको हो ।  यसअघि...

७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका-९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो। वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी बैंकले यस अघि नै पहिलो बैंकको रूपमा बैंकिङ पहुँच पुर्‍याइरहेको छ। नेपाल सरकारको […]

खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा नगद बोनस

राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई एक सय रुपैयाँ बोनस अफर ल्याएको छ ।यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौकापनि रहेको छ । यो बोनस अफर, राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने बताइएको छ । साथै […]

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेज सहकार्य

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कले बीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ओथारो कार्यक्रम मार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यवसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरीे परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ ।&nbs

राष्ट्रिय वाणिज्य बैंक ५७ वर्षमा प्रवेश

१० माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते यो बैंक स्थापना भएको थियो । त्यतिबेला नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सन्चालन हुँदै आएको छ । नेपाल […]

राष्ट्रिय वाणिज्य बैंक र परीक्षा बोर्डबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर ...

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका...

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि युनडिपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले […]

राष्ट्रिय वाणिज्य बैंक डोटीका सबै सेवा बन्द

डोटी। राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो। बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै सेवा अनिश्चितकालका लागि बन्द भएको हो। बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ।