मुस्लिम समुदायको पवित्र महिना रमजान अब सकिन लागेको छ । शुक्रबार मात्रै नेपालसहित संसारभरिका मुस्लिम समुदायले जुमातुल बिदाइ अर्थात् अलबिदा जुम्माको नमाज पढेका छन् ।
काठमाडौं– राजावादी आन्दोलनकारी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आगजनी गरेका छन् । आन्दोलनकारी समूहले विमानस्थलको नजिकै रहेको नेपाल आयल निगमको डिपो नजिकै आगजनी गरेका हुन् । निगमको डिपो सुरक्षित रहेको तर, दमकल भने सतर्क अवस्थामा राखिएको डिपोका अधिकारीले जनाएका छन् ।
शुक्रबार (आज) राजावादीहरूले काठमाडौंको तीनकुनेमा गणतन्त्रविरुद्ध प्रदर्शन गरेका छन्। सुरुमै हिंसात्मक बनेको प्रदर्शनका क्रममा केही गाडी जलाइए, केही मान्छे घाइते भए भने केही घरमा समेत आगजानी भए।