भागरथीका बलात्कारी हत्यारालाई कारवाही माग गर्दै प्युठानमा अखिल (छैठौं) को प्रदर्शन

नवीन केसी, झिमरुक । बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गदै अखिल (छैठौं)ले आज पनि प्रदर्शन गरेको छ । प्यूठानको बालशिक्षा माध्यमिक विद्यालबाट सुरु भई झिमरुक गाउँपालिकाको मच्छी बजारमा पुगेर विरोध र्‍याली कोणसभामा परिणत भएको थियो । विरोध कार्यक्रममा भागरथीको हत्याको छानबिनको विषयमा सरकार उदासीन रहेको र यस्ता अपराध हुनै नदिने वातावरण निर्माण गर्नुपर्ने माग गरिएको थियो । ‘भागरथी भट्ट र निर्मला पन्तका हत्यारालाई कारवाही गर, शान्तिसुरक्षा कायम गर, दण्डहीनता अन्त्य गर’ लगायतका नारा लगाएर विद्यालयबाट निस्किएको जुलुसले मच्छी बजार परिक्रमा गरेको थियो । कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सदस्य चोपबहादुर विक, काठमाडौं जिल्ला अध्यक्ष नविन केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरुले बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउँदा घटनामा संगलन अपराधीको मनोबल बढेको बताउनु भयो । सरकारको उदासीनता जनतालाई स्वीकार्य नभएको भन्दै अखिल (छैठौं)ले अन्याय, अत्याचारको विरुद्धमा सधै लडिरहने प्रतिबद्धता व्यक्त समेत व्यक्त गर्नु भयो । भागरथी भट्टका हत्यारालाई कारवाही नहुँदासम्म आन्दोलन जारी रहने नेता केसीले बताउनु भयो । अखिल (छैठौं)ले भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै देशव्यापी प्रदर्शन आयोजना गर्दै आएको छ ।

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीहरुलाई कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) ले मंगलबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनकारीले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन […]

न्यायाधीश भुवन गिरीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिएको छ। मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेकी हुन्।

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीलाई कारवाही गर्न माग

नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ ।

भीम विश्वकर्माका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै जसपाको विरोध प्रदर्शन

चितवनका भीम विश्वकर्माका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौंमा विरोध जुलुस गरेको छ ।  माइतीघर मण्डलमा भएको जुलुसमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायतको सहभागिता थियो ।  जातीय विभेद गरी मारिएको भन्दै विश्वकर्मामा हत्यारालाई हदैसम्मको कारवाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेद अन्त्य हुनपर्ने माग गरिएको छ ।  गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भ...

एमसीसीविरुद्ध राप्रपाको विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ। राप्रपा जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा बुधबार बबरमहलमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको हो। प्रदर्शनीमा सहभागीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। उनीहरुले बढ्दो मंहगी नियन्त्ररण गर, भ्रष्टाचारीलाई कारवाही गर भन्दै विरोध जनाएका छन्।

एसएसबीले तुइन काटेको घटनाको छानबिन गर्न माग गर्दै प्रदर्शन

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।  अखिल क्रान्तिकारीले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको हो ।  पटक–पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्...

भागरथीका बलात्कारीलाई कारवाही गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो । नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।