बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । उच्च लेकाली क्षेत्रमा भारी हिमपातका कारण निकै चिसो बढेको छ । हिमपातले जनजीवन कष्टकर भएको छ । जिल्लाको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोल, गाजाको दहलगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । यस पटक केही तल्लो भेगहरुमा पनि हिमपात भएको ढोरपाटन नगरपालिका–९ काधनवीर विकले जानकारी दिनुभयो । […]