प्रधानन्यायाधीशको राजीनामा बहस

केही समययता प्रधानन्यायाधीशको राजीनामा बहस व्यापक रूपमा उठेको छ । राजीनामाको सतही बहस चले पनि यसको खास कारणबारे चर्चा कम भइरहेको छ । सामान्यतः हामीले न्यायाधीशहरूलाई न्यायमूर्ति भन्दै उच्च सम्मान गर्दै आयौं । न्यायालयलाई दीनदुःखी नागरिकको आशा र भरोसाको केन्द्रको रूपमा बुझ्ने–बुझाउने प्रयत्न गर्दै आयौं । तर संकथन र व्यवहारबीच विशाल दरार देखिन थाले । […]

सम्बन्धित सामग्री

न्यायालयको रमितामा राजनीतिक दल रमाउने कि निकास दिन अग्रसर हुने ?

अपारदर्शी साठगाँठ र सरकारमा भागबण्डा खोजेका कारण संकटमा परेको न्यायिक नेतृत्वको निकासका लागि केही दिन यता सर्वोच्च अदालतको बेन्च र बार खाली छन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेशी त तोकेका छन् तर न्यायाधीशहरू बेन्चमा छैनन् । वकिलहरू बहस गर्न तयार छैनन् । न्यायाधीश र वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश भने निकास दिन तयार छैनन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले सामूहिक रुपमा भेटेर जबरालाई राजीनामा दिएर निकास दिन भनेका थिए । न्यायाधीशहरूको सुझावलाई उनले ठाडै अस्वीकार गरिदिए ...