सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि आज (सोमबार) देखि छलफल हुँदैछ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुन लागेको हो ।कृषिलाई प्राथमिकता दिई सभामा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि अघि बढाइने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले नीति तथा कार्यक्रममा अनावश्यक विषयी रहेको बताए । उनले भने –‘यसले कुराहरु बढी गरेको छ । बजेटले समेट्न नसक्ने गरी कार्यक्रम ल्याइएक