फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ ।
सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले हस्ताक्षर गरेका हुन् ।
यसअघि खल्तीका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर...