जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।   दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ । जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ ।  हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआ

सम्बन्धित सामग्री

मनाङ मर्स्याङ्दी क्लब छैटाैँ खेलमा पनि पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ । एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो । यस्तै खराब मौसमका कारण हिजो शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल आज १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यस्तै जावलाखेल र सङ्कटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।  यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी'...

फ्रेन्ड्समाथि मनाङको सहज जित

काठमाडौं ।  आफिज ओलावाले र दिनेश राजवंशीको गोलमा मनाङ मर्स्याङ्दी क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गरेको छ । जितसँगै मनाङ लिगको शीर्षस्थानमा उक्लिएको छ । मनाङले चार खेलबाट १० अंक जोडेको छ । जावलाखेल र हिमालयन शेर्पालाई समान १–० ले हराएको मनाङले तेस्रो खेलमा...

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई मनाङ मर्स्याङ्दीले १–० गोलले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा मनाङका आफिज ओलावालेले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । उसको दुई खेलमा ६ अंक छ । पहिलो खेलमा हिमालयन शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । उसको एक अं...

ए डिभिजन लिग : आज दुई खेल हुँदै, तीन क्लब पहिलो जितको खोजीमा :: Pahilopost.com

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। यस सिजन मनाङ मर्स्याङ्दी र त्रिभुवन ंआर्मी क्लबसँगै हिमालयन शेर्पा पनि अपराजित छ। उता मछिन्द्र क्लब, फ्रेण्ड्स र जावलाखेल युथ क्लब अहिलेसम्म जितिविहन छ। फ्रेण्ड्स र जावलाखेलले अंक समेत