कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी गर्ने उद्देश्यले अर्घाखाँची महोत्सव सुरु

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि माघ २४ गतेसम्म अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई व्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन,  जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो । १४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र  ५ करोडको कारोबार हुने अपेक्ष...

सम्बन्धित सामग्री

आठौँ चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा

चन्द्रौटा : चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो।शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राह्यता दिने आयोजकले जनाएको छ। बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम

मोरङ व्यापार संघ एक्स्पो २०२३ : बुकिङ खुलेको सातदिनमै सबै स्टल बुक

विराटनगर। मोरङ व्यापार संघ एक्स्पो २०२३ को स्टल बुकिङ खोलेको सात दिनमै २५० स्टल सबै बुकिङ भएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उक्त एक्स्पोको लागि स्टल थप गर्न माग गरिएपछि ३५ नयाँ स्टल थप्ने योजना रहेको आयोजकको भनाइ छ । वर्तमान आर्थिक शिथिलता चलायमान बनाउने उद्देश्यले संघले पुस ६ देखि १६ गतेसम्म अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी गर्दै छ । व्यापार संघका अध्यक्ष नविन रिजालले एक्स्पो आयोजनामा करीब ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको बताए । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको समेत प्रदर्शनी रहने बताइएको छ । व्यापार रणनीतिअन्र्तगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार सम्भावना र सेवालाई अन्तरराष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य रहेको आयोजकको भनाइ छ । १० दिनसम्म चल्ने यो एक्स्पो चार लाखले अवलोकन गर्ने र करीब १५ करोडको कारोबार हुने विश्वास आयोजकको छ ।

विराटनगरमा पुस ६ गतेदेखि व्यापार मेला आयोजना हुने

विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।...

विराटनगरमा ६ पुसदेखि ट्रेड एक्स्पो

११ मंसिर, विराटनगर । माेरङ व्यापार संघले ट्रेड एक्स्पाे आयाेजना गर्ने भएको छ । ६ पुसदेखि १६ पुससम्म विराटनगर – २ शंकरपुरमा ‘माेरङ व्यापार संघ ट्रेड एक्पाे २०२३’अन्तर्राष्ट्रिस्तरकाे कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयाेजना गर्न लागेकाे हाे । साेमबार पत्रकार सम्मेलन गर्दै संघले आफ्नै नाममा एक्स्पाे आयाेजना गर्ने जनाएको हाे । एक्स्पाेमा २५० स्टल राखिने […]

‘सरकारले अर्थतन्त्रलाई ट्रयाकमा ल्यायो’

पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । विगतमा अर्थतन्त्रमाथि संकटका लक्षण देखिए पनि अहिले पूर्ववत ठाउँमा आउने वातावरण बनेको उनले बताए । बुधबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै सांसद रायमाझीले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर अगाडि लैजाने कुरामा वर्तमान सरकार गम्भीर […]

माघ ११ गतेदेखी अर्घाखाँची महोत्सव हुने

अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ।...

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ हुँदै

विराटनगर (अस) । मोरङ व्यापार संघले चैत १८ देखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । प्रदेश १ को उद्योग, व्यवसाय, कृषि, पर्यटन र सेवा क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले संघले अन्तरराष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो । मेलाले उत्पादन तथा सेवाको प्रवर्द्धन, स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी, विक्रीका साथै व्यापार र लगानीका सम्भावनाको पहिचानमा मद्दत पुग्ने कार्यक्रमका संयोजक विकासकुमार बेगवानीले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरको प्रवद्र्धन र अर्थतन्त्रलाई चलायमान राख्ने उद्देश्यले आयोजना गरिने प्रदर्शनीमा प्रविधियुक्त एसी र कुलर सहितका २८१ ओटा स्टल रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा करीब ३ करोड खर्च हुने र करीब ४५ करोडसम्मको कारोबार हुने आयोजकको अनुमान छ ।