लुम्बिनीमा दुई महिनापछि विद्युतीय सवारी सञ्चालन हुने

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको हो । ‘कार्यविधि बनाएर थन्क्यिाइएका विद्युतीय सवारी सञ्चालनमा ल्याउने निर्णय काठमाडौँमा सम्पन्न लुम्बिनी विकास कोषको बैठकले गरिसकेको छ’, कोषका सदस्यसचिव सानुराजा शाक्यले भने । कोषको बैठकले […]

सम्बन्धित सामग्री

२० वर्ष पुरानो ट्याक्सी विस्थापित गरिँदै

प्रदेश सरकारले २० वर्ष पुरानो ट्याक्सीलाई विस्थापित गरी विद्युतीय सवारी प्रयोगमा ल्याउने नीति अवलम्बन गर्ने भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावलीमा यस विषयलाई समेट्ने तयारी गरेको हो । मन्त्रालयले पुरानो ट्याक्सीलाई विस्थापन गरी विद्युतीय सवारी सञ्चालन गर्न आवश्यक कानुन निर्माण प्रक्रियासमेत अघि बढाइसकेको छ ।

आगामी वर्षमा उपत्यकामा १०० विद्युतीय वस

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा १०० वटा विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले बजेट व्यवस्थापन गरेको हो। उपत्यकामा कम्तिमा ५० वटा चार्जिङ स्टेसन बनाउने अर्थमन्त्री विष्णु पौडेलले बताए।

चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण

विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो । निर्धारण गरिएको महसुलअनुसार विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्ने छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएका थिए । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् ।

विद्युतीय सवारी सञ्चालन गर्ने सरकारको योजना अलपत्र

काठमाडौं । सरकारको विद्युतीय सवारी सञ्चालन गर्ने योजना अलपत्र परेको छ । चालू आर्थिक वर्ष २०७६-७७ को बजेटमा काठमाडौं उपत्यका र सातै प्रदेशका मुख्य सहर र आसपासका क्षेत्रमा प्रदेश, स्थानीय र संघीय सरकार मिलेर विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, सरकारको विद्युतीय बस सञ्चालन गर्ने योजना हालसम्म घोषणामै सीमित रहेको छ । …