ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क, के हुन्छन् फाइदा ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न अनुरोध गरेको छ । कर्जा प्रवाह शुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न शुरु हुने मितिसम्मको समय ‘ग्रेस अवधि’ हो । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको लागि परियोजनाको प्रकृतिअनुसार विभिन्न शर्त तोकिएको हुन्छ ।  भौतिक निर्माणकार्य गर्नुपर्ने ठूला परियोजना सञ्चालनमा आउन केही समय लाग्ने र उक्त समयमा परियोजनाबाट नगद प्रवाह नहुने हुँदा कर्जा प्रदान गर्दा बैङ्क तथा वित्तीय संस्थाले परियोजनाको आवश्यकता अनुसार ग्रेस अवधि तोक्ने गरेका छन् । यसरी ग्रेस अवधि तोकिएको समयका लागि कर्जाको साँवा र ब्याज तिर्नु पर्दैन । यद्यपि, बैङ्क तथा वित्तीय संस्थाले भने ग्रेस अवधिको ब्याज पूँजीकरण गरी आम्दानी गर्दै आएका छन् । “ग्रेस अवधिमा पाकेको ब्याजको सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कबाट जारी एकीकृत निर्देशनको व्यवस्थाअनुसार ब्याज पूँजीकरण गरी आम्दानी जनाउँदै आइरहेका छन् । यस विषयमा विभिन्न अन्तरराष्ट्रिय असल अभ्याससमेतलाई मध्यनजर गर्दै विद्यमान व्यवस्था पुनरावलोकन गर्न आवश्यक देखिएको छ ।”, मस्यौदामा भनिएको छ । ग्रेस अवधिसम्बन्धी प्रस्तावित नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी ग्रेस अवधि राखी आवधिक कर्जा प्रदान गर्न पाइने छैन । तर, व्यवसाय तथा परियोजनाको प्रकृतिअनुसार सोभन्दा बढी ग्रेस अवधि प्रदान गर्नुपर्ने भएमा त्यसको कारण देखाउनुपर्नेछ । एकपटक तय गरिएको ग्रेस अवधि थप गरेमा त्यस्तो कर्जालाई पुनरसंरचना वा पुनरतालिकीकरण गरेको मानिने र सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रावधान पनि मस्यौदामा राखिएको छ ।   राष्ट्र बैङ्कले ब्याज पूँजीकरणका लागि विभिन्न ११ वटा क्षेत्र तोकेको छ । जसमा जलविद्युत् उत्पादन, प्रशारण तथा वितरणलगायतका ऊर्जामूलक उद्योग, स्वदेशी कच्चा पदार्थ प्रयोग हुने क्लिङ्कर तथा सिमेन्ट उत्पादनसम्बन्धी उद्योग, औषधि उद्योग, केबुलकार, चिनी उत्पादनसम्बन्धी उद्योग र दुग्धजन्य वस्तु उत्पादन उद्योग रहेका छन् । त्यस्तै, मेडिकल कलेज, पर्यटकस्तरीय होटल, अस्पताल, फलफूल, मसला, जडिबुटीलगायतका दीर्घकालीन कृषि परियोजना, स्वदेशी कच्चा पदार्थ प्रयोग हुने रेशा तथा कागज उद्योगलाई यस्तो सुविधा दिने प्रस्ताव गरिएको छ । राष्ट्र बैङ्कले ब्याज पूँजीकरणसम्बन्धी प्रक्रिया तथा आम्दानी लेखाङ्कनसम्बन्धी व्यवस्था पनि मस्यौदामा राखेको छ । “बैङ्क तथा वित्तीय संस्थाले आवश्यकता एवम् औचित्यका आधारमा तोकिएका क्षेत्रमा प्रवाह गरेको कर्जाको ग्रेस अवधिको ब्याजलाई पूँजीकरण गर्न राष्ट्र बैङ्कको स्वीकृति आवश्यक हुने छैन । तर ब्याज पूँजीकरणका लागि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गर्नु पर्नेछ ।”, मस्यौदामा भनिएको छ । प्रस्तावित व्यवस्थाअनुसार पुनरसंरचना वा पुनरतालिकीकरण गरिएको कर्जाको ब्याजलाई पूँजीकरण गर्न पाइने छैन । त्यस्तै, ग्रेस अवधिको ब्याजलाई पूँजीकरण गर्दा पूँजीकृत ब्याज रकमलाई ‘इन्ट्रेस्ट क्यापिटलाइज्ड टर्म लोन’ शीर्षकमा छुट्टै लेखाङ्कन गर्नुपर्नेछ । यो शीर्षकमा लेखाङ्कन भएको पूँजीकृत ब्याज बराबरको रकमलाई ‘इन्ट्रेस्ट क्यापिटलाइज्ड रिजर्भ’ (आइसीआर) खातामा क्रेडिट लेखाङ्कन गरी हिसाब राख्नुपर्नेछ । ‘इन्ट्रेस्ट क्यापिटलाइज्ड टर्म लोन’ शीर्षकमा लेखाङ्कन गरिएको पूँजीको ब्याज रकम प्राप्त भएपछि मात्र नाफा–नोक्सान हिसाबमा लेखाङ्कन गर्नु पर्नेछ र सोही बराबरको रकम आइसीआर खाताबाट घटाउँदै लानुपर्नेछ । बैङ्क तथा वित्तीय संस्थाले परियोजनाको नगद प्रबाह विश्लेषण गरि इन्ट्रेस्ट क्यापिटलाइज्ड टर्म लोन’ को भुक्तानी अवधि तोक्न सक्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ । –रासस

सम्बन्धित सामग्री

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, घट्यो बैङ्क दर

राष्ट्र बैङ्क दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ।...

निक्षेपमा ब्याजदर बढाएपछि राष्ट्र बैङ्क गर्‍यो अनुगमन सुरु

काठमाडौँ। बैङ्कहरूले निक्षेप तान्न जथाभाबी ब्याजदर बढाएपछि नेपाल राष्ट्र बैङ्कले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभाबी बढाएको धेरै गुनासो आएपछि सुपरिवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले १८ भदौमा आयोजना गरेको एक कार्यक्रममा पनि डेपुटी गभर्नर मिश्रले प्रकाशित ब्याजदरमा तलमाथि गर्ने बैङ्कलाई […]

अर्थ सचिव पुष्करले लिए राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको सपथ

काठमाडौँ । अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् । उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् । पुष्कर २६ साउनमा अर्थसचिवमा सरुवा भएका थिए । अर्थसचिव राष्ट्र बैङ्कमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैङ्क अगाडि कालो ब्यानर

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरूले आज बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालय अगाडि कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरू घाइते भएका थिए । गभर्नरको […]

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न […]

शङ्कास्पद कारोबारको अध्ययन गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको अध्ययन सुरु गरेको छ । नेपालमा पछिल्लो समय भएका कारोबारहरु शङ्कास्पद देखिएपछि सो इकाइले सूक्ष्म अध्ययन गरेको हो । गत फागुन मसान्तसम्म १ हजार ५५६ वटा शङ्कास्पद कारोबारको प्रतिवेदन प्राप्त भएको राष्ट्र बैङ्कले बताएको छ । आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरिवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति […]

सञ्चालकले नै राष्ट्र बैङ्कको गोप्य सूचना चुहाएको आरोप

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैङ्कबाट गोप्य सूचनाहरू चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैङ्कको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैङ्कबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । बन्द भएपछि राष्ट्र बैङ्क, बैङ्क र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति सङ्केत […]

सात लाख रुपैयाँमाथिको नगद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैङ्क

काठमाडौँः नेपाल राष्ट्र बैङ्कले सात लाख रुपैयाँभन्दा माथि भएका नगद कारोबारको अनुसन्धान थालेको छ। अहिले बैङ्क तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद झिक्न पाइँदैन। पछिल्ला दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शङ्कास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैङ्कले अनुगमन बढाएको…

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध : राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएकाले त्यसमा संलग्न भए दण्डनीय हुने स्पष्ट पारेको छ । क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिरहेका बेला परिरहेका बेला राष्ट्र बैङ्कले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको स्पष्ट पारेको छ । छोटो समयमा धेरै पैसा […]

मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता

लुम्बिनीमा दानबापत सङ्कलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।