पर्सामा फेरि मौलायो गाँजा खेती, अवैध खेतीलाई राजनीतिक संरक्षण !

मंसिर १, वीरगञ्ज  । तीनै तहको चुनावको समय नजिकिएसँगै पर्साको ग्रामीण क्षेत्रमा फेरि गाँजा खेती मौलाएको छ । भारतसित खुला सीमाना जोडिएको पर्सा जिल्लामा विगतमा पनि गाँजा खेती हुने गरेको थियो । पर्सामा उत्पादिन गाँजा भारतका विभिन्न स्थानमा पुर्‍याएर विक्री गरिने भएकाले स्थानीय किसान र बिचौलियाहरूले यसलाई आय आर्जनको सहज माध्यम बनाएका थिए ।  विगतमा प्रहरीको सक्रियतामा यो खेती निरुत्साहित भए पनि अहिले पर्साको सयौं बीघा खेतमा गाँजा लगाइएको स्थानीय किसानले बताएका छन् । हालै जिल्लाको ठोरी गाउँपालिकाको वडा नं. ३ र ४ मा ११ बीघा खेतमा लगाइएको गाँजाका बोटहरू प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  विगत केही वर्षदेखि गाँजा खेतीबाट निरुत्साहित पर्साका किसान अहिले पुनः अवैध गाँजा खेतीमा लागेका छन् । जिल्लाको ठोरी, निर्मलबस्ती, बिजयबस्ती, जानकीटोलालगायतका ग्रामीण इलाकाका सयौं बीघा खेतमा गाँजा लगाइएको स्थानीय किसानले बताएका छन् ।  यो वर्षको अन्त्यसँगै स्थानीय, प्रदेश र संघको चुनाव शुरू हुने भएकाले चुनावलाई लक्षित गरी स्थानीय राजनीतिक अगुवाले संरक्षणको आश्वासन दिएको उनीहरूको भनाइ छ । स्थानीय अगुवाहरूको आश्वासन पाएका किसान गाँजा खेतीमा लागेका हुन् ।  भोटको पकड बलियो बनाउन केही राजनीतिक अगुवाहरूबाट संरक्षणको आश्वासन पाएको किसानको भनाइ छ । प्रतिबन्धित खेती विगतमा किसान, संरक्षणको चाँजोपाँजो मिलाउने बिचौलिया (स्थानीय अगुवा) र प्रहरी र प्रशासनका लागि कमाउने माध्यम बनेको थियो ।  जिल्ला प्रहरी कार्यालय पर्साले सूचना नै निकालेर गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको बताएको छ । गाँजा खेतीमा संलग्नलाई कानून बमोजिम कारवाही हुने चेतावनी प्रहरीले दिएको छ । गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको प्रहरीको दाबी छ । 

सम्बन्धित सामग्री

१५ बिघामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

सर्लाही : लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको टोलीले  गाँजा खेती नष्ट गरेको हो। नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिए। गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी

आर्थिक कोणबाट गाँजा खेती

हालै युरोप महादेशका जर्मनीलगायत केही देशले गाँजा खेतीलाई वैधानिकता दिँदै व्यापारका लागि खुला गर्ने भन्ने समाचार आएको छ । त्यसैले नेपालमा पनि गाँजा खेती र गाँजाजन्य उत्पादनको व्यापार किन नगर्ने ? भन्ने सम्बन्धमा केही लेख्दै छु । हुनत गाँजाका सम्बन्धमा भन्नु पर्दा संयुक्त राष्ट्र संघले अझै पनि कानुनीरूपमा गाँजालाई लागू पदार्थका रूपमा वर्गीकरण गरेको छ […] The post आर्थिक कोणबाट गाँजा खेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाँजा खेती नष्ट गर्न घरघरमा प्रहरी

सुरुङ्गा– बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ । बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ ।  इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी […]

गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

काठमाण्डाै - नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जना...

गाँजा खेती गर्नेमाथि प्रहरीले बढायाे निगरानी

सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा यस वर्ष पनि गाँजा खेती मौलाएको छ । चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको हो । गाँजा पाकेर भित्र्याउने बेलामा भने प्रहरीले फाँड्न थालेको छ । सिन्धुलीसँगै सीमा जोडिएका ती बस्तीहरू जिल्लामा अति दुर्गम मानिन्छन । विकट भएकाले पनि स्थानीयले ढुक्क भएर गाँजा खेती गर्दै आएका हुन । कतिपय व्यापारीकै लगानीमा पनि यहाँ गाँजा […]

दार्चुलामा प्रहरीले गर्‍यो गाँजा खेती नष्ट

प्रहरीले दार्चुलामा गाँजा खेती नष्ट गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाजमा मकैखेतीसँगै रहेको गाँजा खेती नष्ट गरेको हो। मालिकार्जुन प्रहरी चौकीले स्थानीयको खेतमा लगाइएको पाँच सय बोट गाँजा नष्ट गरेको जिल्ला...

गाँजा खेती गर्ने वातावरण बनाउन चेम्बरको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले मुलुकमा गाँजा खेती गर्ने वातावरण बनाउन आग्रह गरेको छ । आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटासँगको भेटवार्ताका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गाँजा खेती गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । उनले मुलुकमा व्यवस्थित ढङ्गले गाँजाको खेती गर्ने वातावरण बनाउन र उक्त गाँजा निर्यात गर्न सके व्यापार घाटा कम गर्न सकिने […]

सिन्धुलीमा रोकिएन अबैध गाँजा खेती

सिन्धुलीमा बर्षेनी गाँजा खेती मौलाउँदै गएको छ । प्रहरीले गाँजा खेती नियन्त्रण गर्ने उद्देश्यले गाँजा फडानी गर्दै आएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा बर्षेनी गाँजा खेती हँदै आएको छ ।गत मंसिर २० मा प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–७ स्थित अधेंरी र भुताहमा गरि पाँच¬पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेको थियो । अवैध रुपमा लगाइएको […]

सिन्धुलीमा रोकिएन अवैध गाँजा खेती

सिन्धुलीमा वर्षेनी गाँजा खेती मौलाउँदै गएको छ। प्रहरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले वर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा वर्षेनी गाँजा खेती हुँदै आएको छ।...

निजगढमा डेढ बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट

वीरगंज : बारा प्रहरीले निजगढमा डेढ बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ। प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १३ पानीसरा र शक्तिखोलास्थित ऐलानी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको जनाएको छ। ईलाका प्रहरी कार्यालय निजगढ र अस्थयी प्रहरी पोस्ट रतनपुर बाराको संयुक्त टोलीद्वारा उक्त गाँजा खेती…