काठमाडौं : मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन्।यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षत