लमजुङ – मर्स्याङ्दी नदीमा पानीको बहाव बढेको छ । यस नदी किनारामा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाइ सुरक्षित ठाउँमा बस्न लमजुङ प्रशासनले अनुरोध गरेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिका क्षेत्र भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएकाले यस ठाउँका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र आसपासका शाखा नदीहरूमा समेत वर्षायाममा बाढी आउने र कमजोर तथा भिराला जमिनमा पहिरोको उच्च जोखिम हुने हुँदा स्थानीयवासीलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला...