काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताउनुभएको छ । यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको भनाइ छ ।
पार्टीको भातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाण्डाै जिल्ला कमिटीले आज बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्युराे बैठकले सरकारमा जाने/नजानेबारे निर्णय नलिएको उहाँले...