ठेक्का लिएर काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । निर्माणको जिम्मा लिएर समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । विभिन्न नगरपालिका तथा कार्यालयहरूबाट लेखी पठाएको आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

सम्बन्धित सामग्री

२३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। खरिद अनुगमन कार्यालयले आज एक सूचना सार्वजनिक गर्दै कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी गराएको छ । ठेक्का लिएर समयमा काम नगरेको भन्दै श्री आई.एस. कन्स्ट्रक्सन प्रालि दिपायल, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाडौँ, श्री धिताल बिल्डर्स, नौबस्ता–०८ […]

यी हुन् समयमै ठेक्का नसक्दा कालोसूचीमा परेका १५ निर्माण कम्पनी

काठमाडौँ- समयमै ठेक्का नसक्ने १५ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहत सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एसएएस कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। एसएएसलाई पाँचथरको हिलिहाङ गाउँपालिकाको कार्यालयले गरेको सिफारिसका आधारमा कालोसूचीमा राखिएको हो। यसैगरी, शंकरमाली निर्माण सेवा प्रालि, नागार्जुन […]

चखेवा-सेखुवा सडक खण्ड कालोपत्रेको ठेक्का तोड्ने तयारी

खोटाङ– पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ-सेखुवा सडक खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ । निर्माण कम्पनी भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्दिसाई जेभी, काठमाडौंको ढिलासुस्तीका कारण अलपत्र पारेको सडक कालोपत्रेको ठेक्का तोड्ने प्रकृया थालिएको हो । ठेकेदारले कालोपत्रेको काम पूरा गर्ने छाँट नदेखाएका कारण ठेक्का तोड्नका लागि गत १८ मंसिरमा सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल […]

३६ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं, मंसिर ११ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा खरिद सम्झौता अनुसार काम नगर्ने ३६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको छ। कार्यालयले गत साउनदेखि कात्तिकसम्मको अवधिमा ४३ वटा ठेक्का सम्झौता बमोजिम काम गर्ने ३६ कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो। कारबाहीमा पर्नेमा बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी […]

कोशी अस्पताल भवन निर्माणमा लापरबाही : निर्माण कम्पनी फेरि भाग्ने आशङ्का

दुई महिनादेखि बेपत्ता कोशी अस्पताल भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी धरौटी जफत हुने भएपछि काममा फर्किएको छ । विराटनगरको कोशी अस्पताल प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी अस्पताल हो । उक्त अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अनुसार ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लागेको थियो । तर, २०७८ असोजदेखि ठेक्का पाएर काम सुरु भएको १ वर्षसम्म लक्ष्य अनुसार काम भएको थिएन ।काम सम्पन्न नहुँदै तीन महिनादेखि निर्माण कम्पनी वेपत्ता जस्तै बनेको थियो । सहरी विक

६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, तोड्यो केयुकेएलले ठेक्का

काठमाडौँ । सम्झौताअनुसार काम नगरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो । उक्त कम्पनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग […]

६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, केयुकेएलले तोड्यो ठेक्का

सम्झौताअनुसार काम नगरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो । उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपान

ठेकेदार ‘घरभेटी’ शारदाको निर्माण कम्पनी शैलुङ कालोसूचीमा

काठमाडौँ । सरकारले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवार एक सूचना प्रकाशित गर्दै खरिद सम्झौताविपरित ठेक्का अलपत्र पार्ने शैलुङलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो । सडक सुधार तथा विकास आयोजना निर्देशनालय, भक्तपुर–नगरकोट कोट–सिपाघाट, बालाजु, त्रिशूली/छहरे–विदुर सडक योजना, बत्तीस पुतली, काठमाडौँको सिफारिसमा शैलुङलाई कालो […]

घोराही-तुलसीपुर चार लेन सडक बनाउन तीन कम्पनीलाई पेटी ठेक्का

४ पुस, दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माण गर्न तीन निर्माण कम्पनीलाई पेटी ठेक्का दिइएको छ । घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको हो । यसअघि […]

७९ निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमै, थप ६९ वटालाई कालोसूचीमा राख्न सिफारिस

यति बेला ७९ वटा निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा छन् । निर्माणको ठेक्का लिएर समयमै काम नसक्ने, ठेक्का हत्याउन बैंक ग्यारेन्टीको नक्कली कागजपत्र बनाउने, समयमै सामग्री खरिद गर्न नसक्नेलगायत गलत काम गर्ने निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ । साउनयता मात्र २४ वटालाई कालोसूचीमा राखिएको कार्यालयका कानुन शाखा निर्देशक राजेशकुमार थापाले बताए । कालोसूचीमा राख्न भन्दै थप ६९ वटा निर्माण कम्पनी र सप्लायर्सको नाम सिफारिस आएको छ । ‘साउनयता कालोसूचीमा पर्नेमा ल...