यी हुन् समयमै ठेक्का नसक्दा कालोसूचीमा परेका १५ निर्माण कम्पनी

काठमाडौँ- समयमै ठेक्का नसक्ने १५ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहत सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एसएएस कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। एसएएसलाई पाँचथरको हिलिहाङ गाउँपालिकाको कार्यालयले गरेको सिफारिसका आधारमा कालोसूचीमा राखिएको हो। यसैगरी, शंकरमाली निर्माण सेवा प्रालि, नागार्जुन […]

सम्बन्धित सामग्री

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ठेक्का लिएर समयमै काम नगर्ने ती निर्माण कम्पनीलाई ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपनि स्पष्टिकरण नबुझाएपछि कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो। निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्स

ठेक्का लिएर काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । निर्माणको जिम्मा लिएर समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । विभिन्न नगरपालिका तथा कार्यालयहरूबाट लेखी पठाएको आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

एकपछि अर्को निर्माण कम्पनी कालोसूचीमा, यस्तो छ समयमै काम नसक्ने कम्पनीको सूची

काठमाडौं : पूर्वाधार निर्माणको काम कुनै पनि कार्यालय, योजना, आयोजनाले ठेक्का आह्‍वान नगरी अघि बढाउँदैनन्। ठेक्का हात पार्न कम्पनीहरुलाई ठूलो कसरत पर्छ। एक्लै नसके जेभी बनाएर पनि बोलपत्र भरेका हुन्छन्। तर, ठेक्का पाएपछि सम्झौतामा निर्धारित अवधिमा काम पूरा हुँदैन। धेरै कम्पनीले म्याद थप गराउँछन्। बेलामा काम पूरा किन भएन भन्नेमा…

समयमै काम पूरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरकाे 'अल्टिमेटम'

चितवन – भरतपुर महानगरपालिकाले निर्माणाधीन छ वटा आयोजनालाई समयमै काम पूरा गर्न निर्माण व्यवसायीलाई 'अल्टिमेटम' दिएको छ । भरतपुरका मुख्य सडक खण्डहरूकाे निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पूरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । आज आइतवार भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको भरतपुर महानगरका इन्जिनियर सारकार ला...

समयमै काम नसक्ने २१ निर्माण कम्पनी कालोसूचीमा

सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २१ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

२३ महीनामा हुलाकी सडकको निर्माण कार्य ३५%, समयमै काम सक्न स्थानीयको दबाब

जेठ २२, कैलाली । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम शुरु भएको २३ महीना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् । ३० महीनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्नुपर्ने जनाउँदै दबाब दिन थालेका छन् । स्थानीयवासी सुधा चौधरी सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको बताउँछन् ।  ‘जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ’, उनले भने, ‘यसले मानिसलाई समस्या भएको छ । दुई वर्ष पुग्न लाग्दा पनि सडक पूरा नहुँदा नागरिकलाई कति सास्ती भएको छ भन्न सकिँदैन ।’ सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब ७ महीनामात्र बाँकी छ । तीनओटा नयाँ र दुईओटा पुराना खण्ड गरी ५ खण्डमा विभाजन गरेर काम भइरहेको छ ।  पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनकन रहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडै बताउँछन् । ‘पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, विसं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक छैन’, उनले भने, ‘नयाँ ठेक्का भएका काममा ढिलाइ भइरहेको छ ।’ योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ ।  त्यस विषयमा आफूहरु पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने इञ्जीनियर मडैले बताए । ‘हामीले एकदम ताकेता गरेका छौँ, पटक–पटक छलफल गरेका छौँ, स्थानीय सरकारसँग पनि सहजताका लागि छलफल गरेका छौँ’, उनी भन्छन्, ‘सडक निर्माणका लागि कुनै समस्या छैन, ढिलाइ हुनुमा निर्माण व्यवसायीकै कमजोरी छ । अब समयमै काम नगरेको दोष उहाँहरुले नै पाउनुपर्छ ।’  टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ ।  स्वच्छन्द जोशी जेभीले रू. ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम शुरु गरेको हो । यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । तर निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेश जोशी भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताए । ‘समयमै काम सम्पन्न गर्न त सक्दैनौँ’, उनले भने, ‘काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप गर्नुपर्ने आवश्यक छ । हामीले म्याद थपका लागि अनुरोध गर्छौँ ।’ ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको योजनाको काम २३ महीना बितिसक्दा अर्थात् सम्झौता मितिको ७५ प्रतिशत समय सकिँदा पनि ३५ प्रतिशतमात्रै कामको प्रगति हुनु राम्रो नभएको सरोकारवाला बताउँछन् ।  सडक निर्माण भइरहेको क्षेत्रमा स्थानीय सरकारले समेत निगरानी र कडाइ गर्न आवश्यक रहेको स्थानीयवासीको माग छ । रासस

भैंसे–भीमफेदी सडक स्तरोन्नति सुस्त, समयमै निर्माण सम्पन्न नहुने निश्चित

हेटौंडा–भीमफेदी–काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गतको भैँसेदेखि भीमफेदीसम्मको सडकको स्तरोन्नति कार्य सुस्ताएको छ । शिलान्यास भएको करिव साढे एक वर्षसम्म पनि सो सडक स्तरोन्नतिले तीव्रता पाउन नसकेको हो । ठेक्का अवधि सकिन करिव ६ महिनामात्र बाँकी छ तर भौतिक प्रगति भने देखिएको छैन । निर्माण कम्पनी विभिन्न बहाना गर्दै ठेक्का लम्ब्याउने पक्षमा लागेको छ भने निर्माणको रेखदेख लगायतको काम गरिरहेको प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडा ठेक्का अवधि थप गर्ने तयारीमा छ ।हाल सो सडक फराकि

७९ निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमै, थप ६९ वटालाई कालोसूचीमा राख्न सिफारिस

यति बेला ७९ वटा निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा छन् । निर्माणको ठेक्का लिएर समयमै काम नसक्ने, ठेक्का हत्याउन बैंक ग्यारेन्टीको नक्कली कागजपत्र बनाउने, समयमै सामग्री खरिद गर्न नसक्नेलगायत गलत काम गर्ने निर्माण कम्पनी र सप्लायर्स कालोसूचीमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ । साउनयता मात्र २४ वटालाई कालोसूचीमा राखिएको कार्यालयका कानुन शाखा निर्देशक राजेशकुमार थापाले बताए । कालोसूचीमा राख्न भन्दै थप ६९ वटा निर्माण कम्पनी र सप्लायर्सको नाम सिफारिस आएको छ । ‘साउनयता कालोसूचीमा पर्नेमा ल...