भक्तपुर – भक्तपुर नगरपालिकामा आज बिहीवारदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेमा रहेकाे खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरूपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो ।
पानी वितरण कार्यक्रममा मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ...