विदेश मन्त्री वाङ र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिवार साँझ बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटमा परराष्ट्र मन्त्री नारायण खड्का पनि सहभागी भएका छन्। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबिच द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका विदेश मन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले जानकारी दिनुभयो । भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उहाँले बताउनुभयो । चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका...

नेपाल र चीन बीच द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता शुरु

चैत १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसहितको प्रतिनिधिमण्डल र नेपालका परराष्ट्र मन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल बीच द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता शुरु भएको छ । ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई देशका प्रतिनिधिमण्डल बीच द्विपक्षीय वार्ता शुरु भएको हो । वार्तामा परराष्ट्र मन्त्री  खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । त्यस्तै, विदेश मन्त्री वाङ नेतृत्वको १९ सदस्यीय प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेश मन्त्री याङका सचिव देङ झेइ छन् । वार्तापछि दुई देश बीच विभिन्न नौ ओटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । त्यसमा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।  यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।  चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँगलगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि  भेटवार्ता गर्न कार्यक्रम रहेको छ । शुक्रवार नेपाल आएका विदेशमन्त्री वाङ आइतवार स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री ओली र चीनका उप–विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उप–विदेश मन्त्री वाङ वाजुनले आइतबार शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । ‘हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो  । यस नीतिलाई हामी आघात पर्न दिदैनौ...