राप्रपा पदाधिकारी बैठक शुरू, पूर्व अध्यक्ष राणा र लोहनी पनि सहभागी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ । समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी सहभागी रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टीका पदाधिकारी र प्रदेश समितिका अध्यक्षको समेत सहभागिता छ ।  बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा छाडेपछिको परिस्थितिको समीक्षा हुने जनाइएको छ । बैठकमा थापाको प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरू पनि सहभागी छन् ।

सम्बन्धित सामग्री

कमल थापाले ब्युँत्याए राप्रपा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । थापा तत्कालीन राप्रपा नेपालको अध्यक्ष छँदा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीसँग एकता गरी राप्रपा गठन गरेका थिए । त्यसपछि उक्त पार्टी लाक्पा तामाङको नेतृत्वमा निष्क्रिय थियो । राप्रपा परित्याग गरेको एक […]

राप्रपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)कोनवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजेका लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका हुन् । राप्रपाले बैठकलाई नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुबिच परिचयात्मक बैठक भनेको छ। बैठकमा निवर्तमान अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र कमल थापालाई पनि निमन्त्रणा गरिएको छ ।तर, […]

राप्रपा अध्यक्ष लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए । लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, द

नुवाकोटका पाठक राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

राप्रपा केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट उनी नुवाकोटका हुन् । उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।राप्रपाको निर्वाचनमा नेतृत्वमा भने कमल थापालाई हराउँदै राजेन्द्र लिंदेन विजयी भएका छन् ।

तस्बिरमा राप्रपा महाधिवेशनको उद्‍घाटन समारोह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजबाट सुरु भएको छ। भृकुटीमण्डपमा विशेष समारोहबीच महाधिवेशनको उद्घाटन भएको छ। पछिल्लोपटक पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा एकीकृत तथा कमल...

कमल थापाले हारे पनि राप्रपा फुट्दैनः डा. लोहनी

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीभित्र सर्वसम्मतिको प्रयास असफल भएपछि आफूले राजेन्द्र लिङ्देनलाई पार्टी नेतृत्वका लागि समर्थन गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “मैले चार महिनाअघि नै भनिसकेको थिएँ- हामी तीन जना अध्यक्ष […]

लिङदेनको समर्थनमा राणा र लोहनी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा‍. प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरूले आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने निर्णय गरेका छन्।राप्रपालाई जनताले विश्वास र भरोसा गर्ने क्रियाशील पार्टी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको सोमबार सम्पन्न भेलाको निष्कर्ष थियो।‘नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने भेलाको निचोड रह्यो’, र

राप्रपा अध्यक्ष लोहनी भन्छन्–अदालतको फैसला स्वीकारेर अघि बढौं

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका उनले सर्वोच्चले असार २८ गते सो निर्णय सच्याउनु सकारात्मक रहेको बताए ।उनले आफूले गुण दोषको आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीप्रति समर्थन जनाउने बताउँदै अहिलेको अवस्था केपी ओली भन्दा देउवा ठीक भएको प्रतिक्रिया दिए । विगतमा आफूले ओलीले केही राम्रो काम गर्दा समर्थन गरेको स्मरण गर्दै लोहनीले पछि एकपछि अर्को गर्द