आकर्षक नारा, कार्यान्वयन फितलो

काठमाडौं, कात्तिक ४ । राजनीतिक दलले युवा मतदातालाई लक्षित गरी घोषणापत्रमा आकर्षक नारा समावेश गर्ने गरे पनि कार्यान्वयनमा खासै चासो दिने गरिएको पाइँदैन । अघिल्लो निर्वाचनमा दलहरूले घोषणापत्रमा निःशुल्क वाइफाई, स्मार्ट सिटी, प्रत्येक प्रदेशमा विज्ञान, प्रविधि र अन्वेषण केन्द्र स्थापना जस्ता चुनावी नारा लेखिएका थिए । विगतका स्थानीय तह, सङ्घ र प्रदेशका निर्वाचनमा यस्ता चुनावी नाराले प्राथमिकता […]

सम्बन्धित सामग्री

मिठो सिद्धान्त–आकर्षक बजेट–फितलो कार्यान्वयन

नेपालमा बजेट विनियोजन भन्दा पनि कार्यान्वयनमा समस्या रहेको तर यसतर्फ कुनै पनि निकाय गम्भीर नहुँदा सिद्धान्त, विनियोजन र कार्यान्वयनका बीचमा तालमेल हुन नसकेको हो ।

आकर्षक नारा, कार्यान्वयन फितलो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र जारी गरेका छन् । नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने, न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५ दशमलव ६ प्रतिशतबाट बढाएर ९ प्रतिशत पु-याउने लक्ष्य राखेको छ ।

मधेस प्रदेशको नीति तथा कार्यक्रम : नारा मात्रै आकर्षक तर कार्यान्वयन पक्ष फितलो

जनकपुरधाम– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेश सभामा आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारी लगायतमा विशेष जोड दिइएको छ । साथै चुरे संरक्षण,प्रर्वद्धनमा कार्यक्रममा जोड दिइएको छ […]

सुदूरपश्चिम सरकारका चार वर्ष : आकर्षक कार्यक्रम, फितलो कार्यान्वयन

सुदूरपश्चिम सरकारले आफ्नो पहिलो पूर्ण बजेटमा प्रदेशले आँफै सार्वजनिक बस सेवा सञ्चालन गर्ने योजना ल्यायो। जनस्तरबाट प्रसंशा पाएको यो योजनाले दोस्रो वर्षको बजेटमा पनि निरन्तरता पायो। तर पछि बस सञ्चालनको...

इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो ।वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवा

इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

काठमाडौं । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो । वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट १ हजार १७५ जना नेपालीको नाम छनोट गरी आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरूको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जान तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल ल जान पाउने अवस्था रहने छैन । मंगलवार भएको भर्चुअल कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले १ हजार नेपाली लैजाने काम अघि बढेको र यसबाट दुवै मुलुकका नागरिक लाभान्वित हुने बताए । उनका अनुसार इजरायलले नेपालबाट मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारका रूपमा लैजान १ वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा शुरूमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए । त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १ हजार ६०० जना छनोट भएका हुन् । तीमध्ये गोलाप्रथाबाट १ हजारलाई छनोट गरिएको हो । यो गोलाप्रथा सबैभन्दा पारदर्शी प्रक्रिया रहेको राजदूत गोडरले बताए । इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । ‘दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन्,’ उनले भनिन् । परराष्ट्र मन्त्रालयका सहसचिव तथा मध्यएशिया, पश्चिम एशिया र अफ्रिका हेर्ने महाशाखाका प्रमुख हरीशचन्द्र घिमिरेले दुवै मुलुकको सम्बन्धबीच यो निकै महत्त्वपूर्ण खुड्किलो भएको बताए । इजरायल लका लागि नेपाली राजदूत अञ्जान शाक्यले अब इजरायलको कृषिक्षेत्रमा समेत नेपालीहरू लैजाने प्रक्रियालाई अघि बढाउन गृहकार्य गरेकी छन् । उनले इजरायलका कृषिमन्त्री ओडेड फोररसँग भेटवार्ता गर्दै त्यसका लागि पहल गर्न आग्रह गरेकी हुन् । राजदूत शाक्य र इजरायलका कृषिमन्त्री ओडेड फोररबीच यसै साता इजरायली संसद्मा भेटवार्ता भएको थियो । उक्त अवसरमा मन्त्रीका सल्लाहकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारी यकोभ पोलेग तथा दूतावासका द्वितीय सचिवसहितको उपस्थिति थियो । उक्त अवसरमा दुई देशबीच यसअघि नै सरकारी स्तरमा छाता श्रम सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै राजदूत शाक्यले अब कृषिक्षेत्रमा समेत नेपालीहरूलाई लैजान आग्रह गरेकी हुन् । जवाफमा मन्त्री फोररले राजदूत शाक्यलाई विदेशी कामदारको कोटा बढाएरै भए पनि नेपालबाट कृषक ल्याउन चाँडै सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेको शाक्यले बताइन् ।