आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ । बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको रातोपाटीलाई जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।‘थोरै तयारी गर्नुपर्ने भयो । त्यसका लागि बैठक ७ बजेसम्म स्थगित गरेका छौँ । भरसक आजै निष्कर्षमा पुर्याउछौँ । संयुक्त वक्तव्य सानो कुरा हो,