काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डनका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेकी छन्।अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई पनि राष्ट्रपति भण्डारीले गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी छन्।नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।