निजी विद्यालय सञ्चालकहरुले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण बन्द विद्यालय खुलाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ । सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट