नेपालमा लगानी गर्ने इटालीका चेम्बर अफ कमर्शको प्रतिबद्धता !

काठमाडौं । इटालीको रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूले नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।  नेपाल इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई)का अध्यक्ष सञ्जय अग्रवाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको छुट्टाछुट्टै भेटमा चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।  उक्त प्रतिनिधिमण्डलले गत भदौ १७–२३ सम्म इटालीको भ्रमण गरेको थियो । एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धबारे छलफल गर्न र व्यापारका अवसरहरूको सम्भाव्यता अध्ययन गर्र्न उक्त भ्रमण गरिएको बताइएको छ । साथै नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा भ्रमण केन्द्रित रहेको एनआईसीसीआईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री व्यावसायिक सहयोगका लागि प्रख्यात छन् ।  भ्रमणका क्रममा एनआईसीसीआईको प्रनिनिधिमण्डलले रोमस्थित नेपालका लागि महावाणिज्य दूत पाओलो नुगारीसँग पनि छलफल गरेको थियो । सो अवसरमा उनले एनआईसीसीलाई इटाली सरकारको मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  नेपालमा विदेशी लगानी भित्र्याउन सरकारले चासो नदेखाएपछि आफूहरू सक्रिय भएको एनआईसीसीआईका अध्यक्ष अग्रवालले बताए ।   महावाणिज्य दूत नुगाराीले नै रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूसँग भेटको व्यवस्था मिलाइदिएको एनआईसीसीआईका अध्यक्ष अग्रवाल बताए । 

सम्बन्धित सामग्री

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई अर्थमन्त्री महतकाे आग्रह

अर्थमन्त्री डा‌. प्रकाशशरण महतले नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई आह्वान गरेका छन् ।

एसियाका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह: ‘नेपालमा लगानी गर्नुस्’

प्रधानमन्त्री पुुष्पकमल दाहालले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गेका छन्।...

नेपालमा लगानी बढाउन वित्त निगमलाई आग्रह

मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।...

नेपालमा लगानी बढाउन वित्त निगमलाई आग्रह

मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।...

चेम्बर र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ।...

चेम्बर र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ।...

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्। स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEOE) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड […]

नेपालमा लगानी भित्र्याउन खेलकुदमन्त्री गहतराजको आग्रह

२ असार, मस्को (रुस)। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएन)लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेकामन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासले आयोजना गरेको […]

नेपालमा लगानी भित्र्याउन मन्त्री गहतराजको आग्रह

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएनए) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे ।  नेपालमा लगानीको वातावरण बन्दै गइ

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । महावाणिज्य दूतावासमा मंगलबार चाइना एसोसिएसन अफ ट्रेडका पदाधिकारीसँग भेटवार्ता गर्दै उनले नेपालमा लगानी बढाउन आग्रह गरेका...