सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टले देश चलाउन नसक्ने ठोकुवा गर्नुभएको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अब देशका सबै जनता मिलेर देश बचाउनु पर्ने बताउनुभयो । अध्यक्ष लिङदेनले पछिल्लो समयमा नेपाल बाह्य शक्तिको हस्तक्षेपका कारणले आन्तरिक रुपमा कमजोर बनेको बताउनुभयो । […]