'गभर्नरले हुन्छ भन्नुभए जस्तो लाग्यो, प्रधानमन्त्रीले हुन्छ होइन गर्नुपर्ने भयो भन्नुभयो'

चालु आर्थिक वर्षको शुरुवातसँगै ओरोलो लाग्न थागेको नेपाली पूँजीबजार एक हजार बढी अंकले गिरावट आएको छ । शेयर बजार निरन्तर रुपमा ओरालो लाग्दा शेयर लगानीकर्ताहरु आत्तिएका छन् । चालु अािर्थक वर्षको ९ महिनामा शेयर बजार उत्तारचढावका बीच चलिरहेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीतिले शेयर धितो कर्जामा ४÷१२ करोडको नीति ल्याएसँगै बजार ओरालो लाग्न शुरु भएको थियो । शेयर बजार लगानी कर्ताहरुले राष्ट्र बैंकको नीति संशोधन गर्न बारम्बार माग गरेपनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शेयर लगानीकर्ताको हीतमा नीति नआउँदा लगानीकर्ताहरु भने सरकारसँग असन्तुष्ट छन् ।अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले शेयर बजार लगानीकर्ताहरुको माग सम्बोधन नगरेको र बजेटमा सरकारले लगानीकर्तालाई सम्बोधन गर्न नसकेको भन्दै लगानीकर्ताहरुले शेयर लगानी कर्ताको माग सम्बोधन गर्न (आईतवार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । आईतवार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर लगानी कर्ताहरुले पूँजी बजारको विकास र बिस्तार गरी लगानी कर्ताहरुको माग सम्बोधन गर्न दबाव दिएका थिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सोमवार संघकी अध्यक्ष पोखरेलले शेयर बजारका नियामक निकायहरुले लगानी कर्ताहरुको माग सम्बोधन नगरेकाले बाध्य भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताईन्  । अध्यक्ष पोखरेलले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से लगायत सम्बन्धित निकायलाई बारम्बार भेट गर्दा माग सम्बोधन गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरेपनि कार्यान्वयन नगरी आश्वासन मात्रै दिने गरेको बताईन् । उनले शेयर लगानी कर्ताको अबको लक्ष्य लगानी कर्ता बचाउनु रहेको बताईन्  ।उनले भनिन् ,‘हामी एकैपटक प्रधानमन्त्रीको ढोका न ढक्ढक्याऔं भन्ने थियो । शेयर बजारमा समस्या बुझ्ने नीति बनाउने अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से लगायत विभिन्न रहेका छन् । उहाँहरुलाई हामीले पटक–पटक भेट्न खोज्यौं तर पहिलो कुरा समय नै दिनुहुन्न । भेट गर्दापनि हुन्छ तपाईहरुका माग सम्बोधन हुन्छ भनिन्छ तर त्यो आश्वासन मात्रै हुन्छ । कार्यान्वयन केही पनि हुँदैन । अन्तिम विकल्प सास छउन्जेल आश भने जस्तै प्रधानमन्त्रीलाई भेट्नुपर्छ भनेर भेट्न गयौं । बजारमा धेरै समस्याहरु छन् । त्यो समस्या बजार चल्दैजाँदा आउने जाने भए तर अहिलको मुख्य समस्या भनेको लगानीकर्तालाई जसरी हुन्छ बचाउनु हो ।’अध्यक्ष पोखरेलले ९ महिना अगाडि ३२ अंकमा शेयर बजार पुग्दा लगानी गरेका लगानीकर्ताको अवस्थालाई राज्यले बुझ्न नसकेको बताईन्  । उनले शेयर लगानी कर्ताहरु डुब्न लाग्दासमेत सरकार मौन बसेकोप्रति आपत्ति बताईन्  उनले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा लगानी कर्ता समस्याको बारेमा बुझ्न र तत्काल समस्या समाधानगर्न निर्देशन दिएको पनि बताईन्।उनले भनिन्,‘ ३२ सय बिन्दुमा लगानी गर्ने लगानीकर्ताका के हालत भएको होला यस्तो ग्राउण्ड स्तरको कुरामा प्रधानमन्त्री किन बोल्नु भएन भन्छौं । यस्तो कुरा उहाँलाई थाहा नै छैन । प्रधानमन्त्रीसँग चार वटा मात्रै माग उठाएका छौं । प्रधानमन्त्रीलाई हामीले लगानीकर्तालाई परेको समस्याको विषयमा कुरा सुनायौं । मैले प्रधानमन्त्री ज्युसँग कुरा राख्दा एकदमै भावुक बनेको थिएँ । तपाईहरु हाम्रो अभिभावक हो । शेयर बजारमा सामान्य माग लिएर प्रधानमन्त्रीसमक्ष हामी आउनुपर्छ । यदि शेयर बजार अहिलेकै अवस्थामा रह्यो भने लगानीकर्ता घरको न घाटको भएको सुन्न सक्नुहुनेछ । यस्तो अवस्थामा हजुरहरु बोल्नेकी नबोल्ने भन्ने कुरा राखौं । प्रधानमन्त्री ज्युले गभर्नर ज्युलाई फोन लगाउन आदेश दिनुभयो र फोन गयो । गभर्नर ज्युले भनेको कुरा सुनिएन । प्रधानमन्त्री ज्युले शेयर बजार लगानीकर्ताहरुको संगठनबाट आउनुभएको छ । उताबाट को आयो भनेर सोध्नु भयो । यताबाट प्रधानमन्त्री ज्युले राधा पोखरेल भन्नुभयो । उहाँहरु आउनुभएको छ । समस्या केके छ सुनुवाई गरिदिनु भन्नुभयो । गभर्नर ज्युले हुन्छ भन्नुभए जस्तो लाग्यो । प्रधानमन्त्री ज्युले हुन्छ होइन गर्नुपर्ने भयो भन्नुभयो । प्रधानमन्त्री ज्युले उहाँहरुलाई तपाईसँग भेट्न पठाइदिन्छु भन्नुभयो ।’अध्यक्ष पोखरेलले लगानीकर्ता संघले उठाएका मागलाई सरकारले तत्काल सम्बोधन गरे मात्रै शेयर बजारले गति लिन सक्ने बताईन् । उनले लगानीकर्ताको माग सम्बोधन नभएसम्म शेयर बजारले गति लिन्छ भन्ने आशा नभएको बताईन्   । अध्यक्ष पोखरेले अब पनि सरकारले शेयर बजारप्रति लाचारिपन देखाएमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्नसक्ने अवस्था नहुने बताईन् ।उनले भनिन्,‘अहिले हामीले जुनजुन मुद्दाहरु उठाएका छौं त्यो मुद्दाहरु माग सम्बोधन तत्काल भयो भने शेयर बजारले गति लिन्छ । नभए तत्कालै हामीले आश नगर्दा पनि हुन्छ । सरकारको यस्तो लाचारिपन भयो भने कसरी लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्छौं । अहिले भएका लगानीकर्ता पनि बाहिरिने अवस्था सिर्जना भएको छ । सरकारको नेतृत्व तहमा बसेकाहरुले साच्चै शेयर लगानीकर्ता पीडामा रहेछन् । भनेर आफ्नो कुर्सी जोगाउने भन्दा पनि समस्या सम्बोधन हुन्छ भने आशा गरौं । अहिले बजारलाई क्र्यासकै अवस्थामा पु¥याइएको छ । किनकी प्रधानमन्त्री जस्तो मान्छलाई शेयर बजारको यो अवस्था छ भनेर जानकारी हुँदैन भने हामीले कोसँग आश गर्ने ?।’अध्यक्ष पोखरेलले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेसँगै घट्न शुरु भएको शेयर बजारले अझै निरन्तरता पाएको बताईन् । उनले बजार ओरालो लाग्नुको मुख्य कारण नै राष्ट्र बैंकको शेयर धितो कर्जामा ४÷१२ करोडको सीमा नै पहिलो भएको दाबी गरिन्। उनले भनिन्,‘ पछिल्लो ८ महिनादेखि शेयर बजार निरन्तर रुपमा ओरालो यात्रामै छ । धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेर शेयर बजार घट्न शुरु भएको हो । तर पछिल्लो अवस्थामा नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जामा ४÷१२ करोडको सीमा नै पहिलो कारण हो । राष्ट्र बैंकले शेयर बजारप्रति ल्याउने नीति ल्याउने बित्तिकै बजार घटिहाल्छ । राष्ट्र बैंकले के भन्ने गरेको छ भने हामी तपाईहरुको नियामक होइन भन्ने तर नीति भने शेयर बजार घटाउने ल्याउँछ ।’त्यस्तै,अध्यक्ष पोखरेलले शेयर लगानीकर्ता नेप्से सकारात्मक दिशामा नगएसम्म सन्तुष्ट हुने अवस्था नभएको बताईन् । उनले शेयर बजार निरन्तर रुपमा गिरावट आउँदासमेत सरकारले बजेटमा उपेक्षा गरेको बताईन् । बजार बढाएर शेयर बजारलाई चलायमान बनाउने बजेट आउने आशा लगानीकर्ताहरुको भए पनि बजेट विगतको कपि मात्रै भएको अध्यक्ष पोखरेलले बताईन्  । सरकारको आगामी आर्थिक वर्षको बजेटमा लगानीकर्ताको मागलाई सम्बोधन गर्न नसकेको बताईन्  । उनले भनिन्,‘लगानीकर्ता कतिबेला सन्तुष्ट भएको देखिन्छ भने शेयर बजार सकारात्मक बाटोमा जान्छ । तर, सरकारले ल्याएको बजेट आएको भोलीपल्ट नै बजार भारी अंकले घट्यो । अहिले बजार निरन्तर रुपमा घटिरहेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कपि पेष्ट मात्रै हो । यो वर्षको बजेटमा कुनै शेयर लगानीकर्ता लक्षित गरेर ल्याइएन । जहिले पनि अघिल्लो सरकारले ल्याएको बजेट कपि भएर मात्रै आउँछ । बजेटले लगानी कर्ताहरुको मागहरुलाई सम्बोधन गर्न सकेको छैन ।’अध्यक्ष पोखरेलले विगतमा लामो समयदेखि माथिल्लो नेतृत्व वा नीति बनाउनेहरुले शेयर बजार नबुझ्दा बारम्बार समस्या आउने गरेको बताईन्  । उनले शेयर बजारको विषयमा जानकारी नभइ बिना आधारमा टिकाटिप्पणी गर्नाले समेत बजार प्रभावित हुने गरेको बताईन् । अध्यक्ष पोखरेलले अब शेयर बजारको विषयमा लगानी कर्ताहरुले सडकमा नभई आगामी संघीय निर्वाचनपछि संसदमा नै कुरा उठाउने तयारीमा रहेको दाबी गरिन् । शेयर बजार र अर्थतन्त्र बुझेको मान्छे सांसद हुनु आवश्यक रहेको उनको भनाई छ । अहिलेको सरकार र राजनीतिक दलहरुबाट आशा गर्न सकिने अवस्था आएको दाबी अध्यक्ष पोखरेलको छ ।उनले भनिन् ,‘ हामीले विगत देखि नै भोग्दै आएको हो । नीति बनाउने नेतृत्वमा बस्नेहरुले हो । उहाँहरुले शेयर बजार र लगानीकर्ताको भावना नबुझ्दा नीतिहरु त्यस्तै बन्ने गरेका छन् । पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरु तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शेयर बजारप्रति नकारात्मक बोल्दा २ सय अंकले बजार घटेको थियो । हामीले अब के बुझेका छौं भने अर्थतन्त्र,शेयर बजार बुझेको व्यक्ति सडकबाट नभएर सदनमा गएर कुरा उठाउने थियो भने बजारको यो अवस्था हुने थिएन । सबै बुझको व्यक्ति सांसद हुनुप¥यो । हामीहरु सांसदमा गएर कुरा उठाउने ठाउँमा गएर बोल्यो भने बजारको अहिलेको जस्तो हालत हुँदैन । अब आउने संघीय सांसदको निर्वाचनमा हामी त्यहाँ पुग्ने हैसियतमा जान्छौं । अहिलेको राजनीतिक नेतृत्वबाट केही आशा छैन । अब सडकमा बसेर दुःख गरेर केही हुन्छ भने लगानी गर्छौं त्यो व्यक्ति सांसदमा पुग्नुपर्छ । नीति बनाउने बन्नुपर्छ ।’अध्यक्ष पोखरेलले शेयरमा गरेको लगानी अहिले नै ५० प्रतिशतसम्म गुमिसकेको बताईन्  । सरकारले शेयर लगानी कर्ताप्रति कठिन नीति लिँदा शेयर लगानीकर्ता मारमा परेको अध्यक्ष पोखरेले बताईन्  । उनले भनिन्,‘ शेयर बजार यस्तै हुने हो भने दुई चारदिन भित्रमा कहीँ कतैबाट सम्बोधन हुँदैन भने लगानीकर्ताहरु घरको न घाटको हुने अवस्था छ । आफूले खाइनखाइ गरेर शेयर बजारमा लगानी गरेका छन् । अहिले त्यसको ५० प्रतिशत पनि बजारमा छैन । नीति बनाउँदा बजार बढ्नेसँगै बनाउने हो । बजार उच्च अंकमा पुगेपछि शेयर बजारप्रति कठोर नीति लिँदा लगानीकर्ता फसेका छन् । त्यसले कसैलाई फाइदा पुगेको छ तर साना लगानीकर्ताको हीतमा हुँदैन । अहिले आफ्नो सम्पत्ति सकिने नदिनको लागि लगानीकर्ताहरु अनसन बस्न थाल्नुभएको छ । शेयर बजारका लगानीकर्ताको लागि कुनै नियमाक निकायहरु रहेनछन् । प्रधानमन्त्री भेट्न २० दिन लाग्छ । अन्य अर्थमन्त्री,गभर्नर भेट्न त्यस्तै छ । शेयर लगानीकर्ताको सम्पत्ति कसरी सुरक्षित हुन्छ भन्ने प्रश्न पहिले हो । अहिले हामीले शेयर धितोमा ४÷१२ करोडको नीति संशोधनको माग राखेका छौं । त्यो संशोधन गर्न बजेट वा मौद्रिक नीति पर्खनुपर्ने हो । बजेट ल्याउन खोजेको छैन जेठ १५ मा नै ल्याउनुपर्छ भन्ने होइन । सरकारले यो नीतिलाई तत्काल खारेज गर्नुप¥यो । बजारलाई लगाम लगाउने कुरा फरक होला तर बजार नै क्र्यास हुने बेलासम्म राज्य मौन बस्छ भने हाम्रो लागि किन चाहियो राज्य ? हाम्रो अभिभावक भनेको सरकार हो । राज्यले हाम्रो कुरा सुन्दैन भने हामी राज्य भनेर किन बस्ने ?'अध्यक्ष पोखरेलले  अहिले आफ्नो सम्पति सकिन नदिनको लागि केही लगानी कर्ताहरु अनसन बस्न थालेकोसमेत बताईन् । उनले शेयर बजार लगानीकर्ताको लागि कुनै नियामक निकायहरु नभएको जस्तो अवस्था देखिएको बताईन्  । सरकारले शेयर धितो कर्जाको ४÷१२ करोडको नीति संशोधन तत्काल खारेज गर्नुपर्ने उनको भनाई छ । सरकारले बजारलाई लगाम लगाउने कुरा फरक भए पनि  बजार नै क्र्यास हुने बेलासम्म मौन बस्नु राम्रो नभएको उनले बताएकी छिन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले विशेष बैठक बोलाएको तर बैठकको एजेन्डा केही थाहा नभएको खानेपानी तथा सरसरफाई मन्त्री महिन्द्र राय यादवले बताए । ‘प्रधानमन्त्रीले विशेष बैठक बोलाउनुभएको छ । बैठकको एजेन्डा आएको छैन । देशमा भूकम्पको यति ठूलो क्षति भएको छ […]

महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रतिनिधि सभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको छ।...

मिटरब्याज पीडितहरुालई आजै प्रधानमन्त्रीले भेट्ने

काठमाडौं, १७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्ने भएका छन्। शुक्रवार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने भएका हुन्। छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको जनाए। उनले सरकारसँगको छलफल सकारात्मक रहेको बताए।

प्रधानमन्त्रीले गर्ने काम गृहमन्त्रीले सम्हाल्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि उनकाे जिम्मेवारी गृह मन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्

सरकारका प्रवक्ता भन्छन्– प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएकै छैन

८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने । प्रधानमन्त्रीले […]

प्रचण्डलाई फोन गरेर प्रधानमन्त्रीले दिए निम्तो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी शनिबारको सर्वदलीय बैठकमा निमन्त्रणा दिएका छन् । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिका सम्वन्धमा छलफल गर्न बैठक बस्न लागेकाे हाे। बैठकमा सहभागिताका लागि प्रचण्डलगायत नेताहरुलाई प्रधानमन्त्रीले फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उनको भनाइ थियो । अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग […] The post प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.