साउदी अरबमाथि बढ्दैछ पाकिस्तानको निर्भरता

इमरान खानले सन् २०१८ अगस्टमा प्रधानमन्त्रीको शपथ लिएपछि अर्को महिना पहिलो विदेश भ्रमण गन्तव्य साउदी अरब रोजे । इमरान खानले आफ्नो साढे चार वर्षको कार्यकालमा कुल ३२ वटा विदेश भ्रमण गरे, जसमध्ये आठ साउदी अरब नै थियो । उनी कहिले साउदी राजतन्त्रप्रति सम्मान देखाउन, त कहिले आर्थिक सहयोग माग्न साउदी अरब गएका थिए ।इमरानको सरकार अपदस्थ भएपछि प्रधानमन्त्री बनेका शेहबाज सरिफले पनि साउदी अरबलाई उनको पहिलो विदेश भ्रमणको गन्तव्य बनाए । पाकिस्तान र साउदी अरबबीचको सम्बन्ध पाकिस्तानको स्थापनादेखि नै बलियो थ

सम्बन्धित सामग्री

चीन र भारतले तोड्न सक्लान् विश्व व्यापारमा डलरको एकछत्र राज ?

काठमाडौं । फ्रान्सले हालै मात्रै चिनियाँ मुद्रा युआन (रन्मिन्पी) प्रयोग गरेर तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) किनेको छ । संयुक्त अरब इमिरेट्स ‍(यूएई)बाट गएको महीनाको अन्त्यतिर ६५ हजार टन बराबरको एलएनजी फ्रान्स पठाइएको छ । सोको भुक्तानी युआनमा गरिएको भन्दै हालै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।  चीनको सरकारी तेल कम्पनी सीएनओओसी र फ्रान्सको बृहत् ऊर्जा कम्पनी टोटल इनर्जिजले शाङ्हाई पेट्रोलियम तथा प्राकृतिक ग्यास एक्सचेञ्जमार्फत एलएनजीका लागि पहिलो पटक युआनमा भुक्तानी गरेका छन् । चिनियाँ युआन प्रयोग गरेर फ्रान्सले एलएनजी किनेको यो पहिलो पटक हो ।  तर, फ्रान्सलाई बेचिएको यो तेल आफूले रुससँग किनेको हो भनेर चीनले भनेको छैन । टोटलले भने यूएईबाट एलएनजी ल्याएको भनेर पुष्टि गरेको भए पनि यसको थप विवरणहरू भने खुलाएको छैन । यसलाई धेरैले विश्व व्यापारमा डलरको एकछत्र राज सकिने संकेतको रूपमा हेरेका छन् ।  चीनले पछिल्लो समय रुससँग भारी मात्रामा तेल र ग्यास किनिरहेको छ । विश्व व्यापारमा डलरको वर्चश्व कमजोर पार्न अनि रन्मिन्पी (युआनको अर्को नामलाई) अन्तरराष्ट्रिय मुद्राका रूपमा स्थापित गर्न हालैका वर्षमा चीन लागिपरेको छ । यो लक्ष्य प्राप्तिका लागि तेल तथा ग्यासको कारोबारमा युआनमै भुक्तानी गर्नमा उसले विशेष जोड दिँदै आएको छ ।  गएको वर्षको डिसेम्बरमा साउदी अरब भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सि चिनफिङले तेल र ग्यास व्यापारमा युआनमा भुक्तानीका लागि शाङ्हाई एक्सचेञ्जको पूरा प्रयोग गर्ने घोषणा गरेका थिए । टोटलले यही संयन्त्रको प्रयोग गरेर युआनमा भुक्तानी गरेको हो ।  चिनियाँ युआनले अहिले नै विश्व व्यापारमा डलरको वर्चश्व सखाप भने पार्न सक्दैन । विश्वको मुद्रा सञ्चिति र व्यापार भुक्तानीमा डलरको अनुपात ४१ प्रतिशत छ भने युआनको २ दशमलव ७ प्रतिशत मात्रै छ । युआन डलर‍जतिको स्थिर पनि छैन । गएको वर्षको पूर्वार्द्धमा युक्रेनमा आक्रमण गरेयता पश्चिमी राष्ट्रहरूले लगाएको चर्को प्रतिबन्धबीच रुसले पनि युआन स्वीकार गर्ने क्रम तीव्र भएको छ ।  रुसी अर्थतन्त्रको खम्बा तेलमाथि निशाना बनाउन पश्चिमी देशहरूले कठोर खालको प्रतिबन्धहरू लगाइरहेको समयमा अमेरिकी डलर र यूरोप्रतिको ‘एक्सपोजर’ कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युआन एक मात्रै विकल्प बनेको छ । डलरमाथिको निर्भरता कम गर्न अनि घरेलु मुद्राको अन्तरराष्ट्रियकरण गर्न भारतले पनि हालैका वर्षहरूमा भारतीय रुपया (भारु)मा कारोबार र भुक्तानीमाथि विशेष जोड दिइरहेको छ ।  डलर धेरै बलियो बनेको वा अभाव भएको समयमा विश्वको मुद्रा विनिमय बजारमा उतारचढाव आएर महँगी बढ्ने अनि ब्याजदर अकासिने अवस्थाबीच अहिले भारत र चीनले विश्व व्यापारमा डलरको प्रभुत्व कम गर्न छुट्टाछुट्टै प्रयास थालेका छन् । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले हालै मात्रै तान्जानिया, केन्या र युगान्डासमेतका १८ देशलाई विशेष खालको भोष्ट्रो रुपया खाता खोल्न अनुमति दिएको थियो ।  विश्व व्यापारमा डलरलाई विस्थापित गर्ने बृहत् पहलका रुपमा भारुमै भुक्तानी गर्न सो प्रयास गरिएको हो । आरबीआईले भोष्ट्रो खाता खोल्न दिएका अन्य देशहरूमा बोत्स्वाना, फिजी, जर्मनी, गुएना, इजरायल, मलेशिया, मरिसस, म्यानमार, न्यूजिल्यान्ड, ओमान, रुस, सेशेलस, सिंगापुर, श्रीलंका र बेलायत छन् । भारतका संघीय वित्त राज्यमन्त्री भागवत कृष्णराव कारदका अनुसार आरबीआईले यस्तो खालको ६० ओटा अनुमति दिएको छ ।  यो व्यवस्थाअन्तर्गत भारतीय आयातकर्ताहरूले विदेशी व्यापारीलाई भारुमा भुक्तानी गर्दा भुक्तानी गरेको रकम भोष्ट्रो खातामा जानेछ । भारतीय निर्यातकर्तालाई उसले बेचेको वस्तु र सेवाको भुक्तानी चाहियो भने आयातकर्ताको भोष्ट्रो खातामा रहेको पैसा काटिनेछ । ००० चिनियाँ राष्ट्रपति सि चिनफिङको राजकीय रुस भ्रमणको समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ युआनलाई ‘इन्डोर्स’ गरेका थिए । मार्च २१ मा सि र पुटिनबीच १४ ओटा आर्थिक सम्झौता भएको छ । यसमा वैज्ञानिक सहकार्यदेखि टिभी कार्यक्रम उत्पादनमा सहकार्यका साथै विश्वभर डलरको जगजगी कम गर्ने उपायहरू खोज्नेसम्मका विषयहरू समेटिएको छ । विकासशिल देशहरूमा रुसी लगानीका लागि चिनियाँ युआनलाई प्रयोग गरिने पुटिनले बताएका थिए । रुस अनि एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूबीच भुक्तानीको माध्यमको रूपमा चिनियाँ युआनको प्रयोगको पक्षमा आफूहरू भएको पुटिनले भनेका थिए ।  चीनले युआनलाई सञ्चिति मुद्रा बनाएर विश्वभर सबैले स्वीकार गर्ने मुद्राका रूपमा परिणत गर्ने अनि यसलाई विश्वव्यापी भुक्तानीको माध्यम बनाउने जोड दिइरहँदा युआनको प्रयोग विश्वभर बढेको छ । डलर महँगिएर किन्नै नसक्ने बनेपछि अफ्रिकी अर्थतन्त्रहरूले पनि डलरको सट्टा युआनलाई सञ्चिति मुद्राको रूपमा प्रयोग गर्न थालेका छन् । चीनले बेलायत, सिंगापुर, हङकङ, उत्तर अमेरिकी बजारहरूमा अफशोर युआन भुक्तानी केन्द्र खोलेको छ । यसबाहेक ४१ देशहरूसँगको करेन्सी स्वाप पनि युआनमै छ ।  बेलाबेलामा अमेरिकासँग कहिले राजनीतिक त कहिले व्यापार तनाव बढिरहेको अवस्थामा चीनले आत्मनिर्भर हुन डलरमाथिको निर्भरता सकेसम्म कम गर्न खोजिरहेको छ । डलर बलियो बनेर आफ्नो निर्यात महँगो हुन थालेपछि निर्यातको लागत कम गर्नसमेत विश्व व्यापारमा चीन डलरको प्रयोगलाई सकेसम्म छल्न खोज्दैछ । अहिले डलर सन् १९७१ मा यसको खुला विनिमय शुरु भएयताकै तेस्रो ‘सेक्युलर’ बुलिश अवस्थामा छ । सन् २०२२ को मार्चमा साउदीले पनि चीनलाई बेचिने तेलको भुक्तानी युआनमै गर्न शुरु गर्ने विचार गरेको बताएको थियो । विश्वको वित्तीय प्रणालीमा डलरको प्रभावलाई कमजोर बनाउन नै लक्षित थियो । अहिले विश्वभर किनबेच हुने झन्डै ८० प्रतिशत तेलको भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ । एशियाका दुई ठूला उदीयमान शक्ति राष्ट्रहरूले डलरको प्रभाव कम गर्न अरु देशहरूसँगको व्यापारमा घरेलु मुद्रा प्रयोग गर्ने रणनीति बनाएका छन् । यस्तोमा माल्दिभ्स लगायत अन्य देशहरूले पनि डलरमाथिको निर्भरता कम गर्न खोजिरहेका छन् । यसले डलरको वर्चश्वलाई कस्तो खालको असर पर्ला ? यो भने हेर्न बाँकी नै छ । एजेन्सीहरूको सहयोगमा

भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्यो अमेरिका, चीन पर्‍यो पछि

जेठ १६, नयाँदिल्ली(भारत) । अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बन्दै गएको पुष्टि गरेको भारतको वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । यसअघि चीन भारतको सवैभन्दा ठूलो व्यापार साझेदार थियो । शुरुवाती चरणमा कोरोना महामारी फैलिएको कारखाना गतिविधि सुस्त भएका कारण चीन र प्रमुख साझेदार देशहरु बीच ब्यापार घटेको हो । त्यसै समयमा अमेरिकाले भारतलगायत अन्य देशहरुको विपरीत राम्रो अवसर पाएको छ। भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा बढेर ११९ अर्ब डलर पुगेको छ। जवकि २०२०/ २१ मा ८० दशमलव ५१ अर्ब डलर रहेको थियो । सन् २०२१/२२ मा अमेरिकाबाट भारतको निर्यात ५१ दशमलव ६२ अर्ब डलरबाट बढेर ७६ दशमलव ११ अर्ब डलर पुगेको छ। योसँगै अमेरिकाबाट भारतको आयात पनि २०२०/ २१ मा २९ अर्ब डलरबाट बढेर ४३ दशमलव ३१ अर्ब डलर पुगेको छ। भारत र चीनबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा ११५ दशमलव ४२ अर्ब डलरको भएको छ । सन् २०२०/ २१ मा ८६ दशमलव ४ अर्ब डलरको रहेको थियो ।   सन् २०२०/२१ मा चीनबाट भारतको निर्यात २१ दशमलव १८ अर्ब डलर थियो। जुन २०२१/२२ मा बढेर २१ दशमलव २५ अर्ब डलर पुगेको छ।  चीनसँगको भारतको व्यापार घाटा २०२१/२२ मा बढेर ७२ दशमलव ९१ अर्ब डलर पुगेको छ। भारतीय बजार विश्लेषकहरुले अमेरिकासँगको यो व्यापार अझै कायमै रहनेछ। अमेरिका र भारतले निरन्तर व्यापारिक सम्बन्धलाई कायमै राख्न विभिन्न प्रयासहरु जारी राखेका छन्। बैंग्लुरुस्थित इन्डियन इन्स्टिच्युट अफ प्लान्टेसन म्यानेजमेन्ट (आईआईपीएम) का निर्देशक राकेश मोहन जोशीले भारत १ दशमलव ३९ अर्ब जनसंख्या भएको विश्वको तेस्रो ठूलो उपभोक्ता बजार भएको बताउँछन्। ‘दुई देशको अर्थतन्त्रबीच प्रविधि हस्तान्तरण, उत्पादन, व्यापार र लगानीको अपार सम्भावना छ’, उनले भने, ‘भारतले अमेरिका पठाउने उत्पादनमा पेट्रोलियमबाहेक पेट्रोलियम पालिस गरिएको हीरा, औषधि उत्पादन, गहना, हलुका तेल र फ्रोजन झिंगा पर्छन्। जसमा भारतले अमेरिकाबाट पेट्रोलियम, रफ हीरा, एलपीजी, सुन, कोइला र बदाम खरीद गर्छ।’ भारतीय निर्यात संगठन महासंघका उपाध्यक्ष खालिद खान भारत विश्वमै एक उदाउँदो भरपर्दो व्यापारिक साझेदार भएको बताउँछन् । उनका अनुसार  विश्वव्यापी कम्पनीहरुले चीनमा आफ्नो निर्भरता घटाउँदै लगेका छन् जसका कारण ती कम्पनीहरुले आफ्नो व्यापार भारतजस्ता देशहरुमा फैलाइरहेका छन् । चीनभन्दा पहिले यूएई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो।यूएईसँग भारतको द्विपक्षीय व्यापार २०२१/ २२ मा ७२ दशमलव ९ अर्ब डलर थियो। यूएई चाहीं अहिले भारतको तेस्रो ठूलो व्यापार साझेदार हो। त्यसपछि साउदी अरब, इराक र सिंगापुर छन्। एजेन्सीहरु

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा 'विध्वंसक' नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।बाइडनले भने, 'हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।''यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।'उनले यो कदम 'देशभित्र असर पर्ने' मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। तर उनले भने 'यसले के गर्छ भने रुसमाथि दबाव थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।'अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ।तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।युरोपेली आयोगले 'सन् २०३० भन्दा पहिले' रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। -बिबिसीबाट

सडक र कार नभएको शहर बनाउँदै साउदी अरब

साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ ।  युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् ।  तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो ।  यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ ।  यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।  अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानि...

सडक र कार नभएको शहर बनाउँदै साउदी अरब

साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ । युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् । तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो । यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ । यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ । अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानिसहरू पैदलै हिँड्ने र ...