नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ । नेपाल समूहको आज सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । नेपाल समूहले शनिबार प्रदेश र विभागमा समानन्तर कमिटी समेत गठन गरेको छ। कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले बताउनुभयो । भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँको भनाइ छ । भेलाको संयोजनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको नेता रावलले उल्लेख गर्नुभयो । भेलाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) लाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेर सम्बन्धी निर्णय गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरीत रहेको उहाँले बताउनुभयो । नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरीत अवैध तरिकाले माओवादी (केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको पनि बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल समुहलाइ थाहै नदिई पदाधिकारी बर्खास्त गर्न, नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने, एकलौटीरुपमा महाधिवेशन घोषणा गर्ने लगायतका महत्पूर्ण निर्णय गराएपछि नेपाल समुहले त्यसको प्रतिकार गर्ने बताउँदै आएको छ ।

सम्बन्धित सामग्री

झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला भोलिदेखि

काठमाडौँ । नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा […]

टसमस भएनन् नेपाल, चैत ४ र ५ गतेको कार्यकर्ता भेला नरोक्ने

नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको छलफलपछि नेपाल ...

नेपाल समूहको निष्कर्ष : राष्ट्रिय भेला नरोक्ने, बालुवाटारको चियापानमा नजाने

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि आफ्ना नेताहरुलाई त्यस बिषयमा ब्रिफिङ गर्न बसेको नेपाल समूहकाे भेलाले कार्यक्रम नरोक्ने निष्कर्ष निकालेको हो। चैत ४ र ५ गते बोलाइएको कार्यकर्ता भेला नरोकिने स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। गुटगत कार्यक्रमले पार्टीलाई एकताबद्ध गर्नका लागि समस्या हुने भन्दै ओली पक्षले भेलालाई रोक्न आग्रह गरेको छ।&

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते : RajdhaniDaily.com -

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते: RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहले चैत ४ र ५ गतेलाई राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार वरिष्ठ नेता माधवकुमार नेपाल र -

एमाले नेपाल–खनाल समूहले बोलायो कार्यकर्ता भेला

नेकपा एमालेको नेपाल–खनाल समूहले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटीसहित गाउँ तहसम्मका कार्यकर्ताको भेला गर्ने निर्णय नेपाल–खनाल समूहले गरेको हो ।नयाँ बानेश्वरस्थित एक होटलमा शनिबार बसेको उक्त समूहको बैठकले संघीय सांसद, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, एमालेबाट निर्वाचित सबै […]

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने नेपाल समूहको घोषणा

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ ।  सो समूहको आज यहा सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिए ।  कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले ब...

माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार नेकपा(एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, ...

एमालेमा समानान्तर अभ्यास : खनाल–नेपाल समूहको कार्यकर्ता भेला चैत ४ र ५ मा

एमाले अध्यक्ष केपी ओलीसँग विवाद चर्कंदै गएपछि आज काठमाडौंमा बसेको खनाल–नेपाल समूहको केन्द्रीय समितिको बैठकले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो