देशभर अहिलेसम्म झन्डै २० प्रतिशत मात्रै रोपाइँ : मल र सिँचाइ अभावले असर

काठमाण्डाै - देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ । विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ । सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक वि...

सम्बन्धित सामग्री

किसानलाई मलकै पिरलो

खेतीको चटारोमा रहेका किसानले अनुदानित रासायनिक मल पाउँन सकेका छैनन् । लमही निवासी रेशमबहादुर खड्काले कपिलबस्तुबाट मल ल्याए । उनी जस्तै अन्य किसान पनि बजारबाट चर्को मूल्यमा मल किन्न बाध्य छन् । त्यो पनि अनुदानको भन्दा प्रति बोरा ८ सय रुपैंयाँ बढी हालेर । सिँचाइ नभएका ठाउँहरूमा आकाशे पानीको भरमा रोपाइँ गरिन्छ । तर, धान […]

मधेसका किसानलाई जल र मलको पिरलो

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल बिना छटपटाउँदै निरीह देखिएका छन्।...

किसानलाई सकस, नेतालाई रमाइलो

सिँचाइको समस्याका बीच मल–बीउ अभावले बेलामा रोपाइँ गर्न नसक्ने किसानलाई यसपालि लम्पी स्किनको पनि मार परेको छ । महामारीका रूपमा फैलिएको लम्पी स्किनले गोरु धमाधम मर्न थालेपछि सिँचाइ सुविधा भएकै कतिपय ठाउँमा मध्य असारसम्म रोपाइँ हुन सकेको छैन ।

११ प्रतिशत मात्रै रोपाइँ

मल, बीउ, सिँचाइ समस्या र मनसुनका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ । २०८०/८१ मा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण गरिएकामा बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । यो भनेको ११.१४ प्रतिशत हो ।

किसानलाई धान उत्पादन घट्ने चिन्ता

काठमाडौँ,२ असोज । समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताए । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी […]

मल र सिँचाइ अभावले पोहोरभन्दा कम रोपाइँ

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि विभाग, मातहतका कर्मचारीहरू बुधबार १९ औं राष्ट्रिय धान दिवस मनाउन व्यस्त भइरहँदा सुर्खेत वीरेन्द्रनगर–१० का किसान सन्तबहादुर केसी रासायनिक मल खोज्नमा व्यक्त थिए । विभिन्न सहकारी, कृषि सामग्री कम्पनीको गोदाम धाउँदा–धाउँदै निराश बनेका उनले स्थानीय एग्रोभेटमा युरिया मल बिक्री भइरहेको खबर पाएर बजार झरेका थिए । तर, मूल्य अचाक्ली महँगो । ८ कट्ठामा खेती गर्दै आएका उनले गत वर्ष असार १५ सम्ममा रोपाइँ सकिसकेका थिए । सिँचाइ र मल अभावले यस वर्ष उनको धान खेत बाँझै छ ।

मध्य असारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्रै रोपाइँ

रुपन्देही । मध्य असारसम्म लुम्बिनी प्रदेशमा करिब ३३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ४६ प्रतिशत रोपाइँ भएको यो प्रदेशमा यो वर्ष निकै कम भएको हो । किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नभएकाले सिँचाइ अभावमा कम प्रतिशत भान रोपाइँ भएको यसका जानकारहरूको आंकलन छ । प्रदेशको कृषि, खाद्य प्रविधि तथा […]

रोपाइँ सुरु भयो, मल छैन

काठमाण्डाै - यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ । काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । अघिल्ला वर्षमा असारको पहिलो हप्तापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले क...

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पिर

आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ । भौगोलिक बनावट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन ।