इरानसँग तनाव बढ्दै जाँदा इजरायलको वायुसेनाले अमेरिकाको आणविक बमवर्षक विमान बी–१बी सँग मिलेर गश्ती गरेको छ ।
क्षेत्रीय तनाव बढेको बेलामा यो इरानका लागि कडा सन्देश भएको बताइएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यसको भिडियो आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेको छ । अमेरिका र इजरायलबीचको बढ्दो रणनीतिक साझेदारीको यो उदाहरण भएको आईडीएफको भनाइ छ ।
अमेरिका पहिलेदेखि नै इजरायलको समर्थन गरिरहेको छ भने अमेरिकाको प्रतिबन्धका कारण इरानको अर्थतन्त्र डामाडोल छ ।
यस विमानले इजरायलको वा...