काठमाडौं : समता ग्लोबल सिनेट र आर के फाउन्डेशन युएसएको आयोजनामा आगामी शुक्रबार अमेरिकी शहर कोलम्बसमा सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ आयोजना हुने भएको छ।नेपालमा आर्थिक अभावबाट कोही पनि शिक्षा लिनबाट वञ्चित हुनु नपरोस् भनी समता स्कुललाई आर्थिक सहयोग संकलनका लागि यो कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ।सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ का संयोजक टीका ढकालका अनुसार नोभेम्बर ५ तारिखमा न्युयोर्क र ६ तारिखमा शिकागोमा समता साँझ आयोजना भइसक