एमालेले सोध्यो माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ । शनिबार बालुवाटरमा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । शनिबारको बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, […]

सम्बन्धित सामग्री

स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव नेपाल समूह

नेकपा एमालेको माधव नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरण दिने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।  बिहीवारै स्पष्टीकरण बुझाउने गरी तयारी भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ जना सदस्यलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण पत्रमा विश्वासको मतको प्रसङ्ग उल्लेख नगरी पार्टी निर्णय र निर्देशन किन पालना नगरेको भनेर प्रश्न गरिएको छ ।  देउवा...

स्पष्टीकरण प्रकरणले पार्टी एकतामा भाँजो हाल्योः माधव नेपाल समूह

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदमाथि स्पष्टीकरण सोध्ने कामले पार्टी एकताको प्रयासमा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ। माधव समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण र नाराबाजी छाडी पार्टी एकतालाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्पष्टीकरण, कारबाहीलगायतका गतिविधिले एकताको वातावरण बिथोलेको भन्दै ध्यानाकर्षण गराएको छ।

माधव नेपाल समूहको बैठक सम्पन्न, २२ सांसदलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधिएकोबारे आपत्ति जनाएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गोकर्ण विष्टले भने,‘२२ जना माननीयलाई जुन स्पष्टीकरण सोधियो, यसले पार्टी एकतालाई अप्ठ्यारो भयो […]

माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको […]

एमालेका १४ जना प्रदेश सांसदले बुझाए स्पष्टीकरण

नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयम

बागमतीका मुख्यमन्त्री पौडेलले सोधे अष्टलक्ष्मीसहित १४ सांसदलाई स्पष्टीकरण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका छन्।

माधव नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

२० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई […]

ओलीको स्पष्टीकरणपत्रविरुद्ध माधव नेपाल समूह सर्वोच्चमा

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेको विरोधमा माधव नेपाल पक्ष सर्वोच्च जाने भएको छ। पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधेको भन्दै त्यसलाई रोक्न माग गर्दै नेपाल पक्ष सर्वोच्च जाने भएको हो। नेता बेदुराम भुसालले अहिले छलफल भइरहेको र केहीबेरमा सर्वोच्च जाने जानकारी दिए।

माधव पक्षले समयसीमाभित्रै स्पष्टीकरण बुझाउने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । मंगलबार बानेश्वरमा माधव नेपाल पक्षीय सांसदहरुको अनौपचारिक छलफलमा नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सवै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् । छलफलपछि नेत्री रामकुमारी झाँक्रीले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै स्पष्टिकरण दिने बताइन् । ‘हामी विभाजनका पक्षधर होइनौ । त्यसैले स्पष्टीकरण दिन्छौ’, झाँक्रीको भनाइ छ ।

ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूहका सांसदहरु छलफलमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजे बैठकका लागि बोलाइएको हो। बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम जारी छ।  एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोधेको छ। सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारबाही हुनसक्ने चेता