नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयम