आजदेखि देशभर जनगणना सुरु

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ ।  ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।&nb

सम्बन्धित सामग्री

तस्बिरमा जनगणनाको पहिलो दिन

देशभर आजदेखि १२औँ राष्ट्रिय जनगणना सुरु भएको छ। आज बिहान शीतलनिवासमा पुगेर गणकहरुको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्यांक संकलन गरेसँगै औपचारिक रुपमा जनगणना सुरुआत गरिएको हो। ‘मेरो जनगणना मेरो सहभागिता’...

जनगणनाको प्रश्नावली : ‘घरमा वासिङ मेसिन छ ? चर्पी कस्तो छ ?’

आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको कार्यालयमा गएर विद्यादेवी भण्डारीको परिवारको जनगणना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरमा गएर पनि जनगणना लिन विभागका पदाधिकारी स्वयं खटिएका छन् । जनगणनाका लागि सात प्रदेश र जिल्लास्तर

१२ औँ राष्ट्रिय जनगणना प्रारम्भ : राष्ट्रपतिलाई साेधियाे ८० प्रश्न

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

आजदेखि देशभर जनगणना

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ९:३० मा आफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो ।

झापामा जनगणनाका लागि १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताए । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ […]

जनगणनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान खुलाउन आग्रह

धनकुटा : आजदेखि देशभर राष्ट्रिय जनगणना सुरु भएको छ। जनगणनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको गणनाका लागि ‘जनगणना विधि’ अवलम्बन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले २०६८ सालको जनगणनामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक संकलन गर्दा सोही विधि अपनाएको थियो। तर, उनीहरुको जनसंख्या आशा गरेभन्दा निकै कम आएपछि यसपटक के विधि हुने भन्नेमा अन्योल थियो। सरकारी अधिकारीहरु जनगणना विधिको सट्टा ‘नमुना छनोट विधि’ अवलम्बन गर्ने सोचमा थिए तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्र

जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि

काठमाण्डाै – जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु हुँदैछ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । यसअघि भर्ना गरिएका सुपरिवेक्षक खटिएका र कतै कतै वैकल्पिक व्यवस्था मिलाएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार...