कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिनुभएको छ । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नुभएको हो ।

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार नछाडे हटाउने एमालेको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ।...

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्री शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा छ । सम्पत्ति विवरणअनुसार उनको बुढीगंगा […] The post कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताउनुभएको छ । शनिबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उहाँले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषद्मा सामेल गराएको स्पष्ट गर्नुभयो । साथै उहाँले सरकारले चाँडै पूर्णता पाउने बताउनुभयो । कोशी प्रदेशको भौतिक विकासका …

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बुधबार भएको मतदानमा उहाँले दुई तिहाईभन्दा बढी मत पाउनु भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि …

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको बताएका हुन् । उनले विश्वसको मत नपाउने […]

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् । कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाको पक्षमा बहुमत पुगेको […]

कोशी प्रदेश: विश्वासको मत रोक्ने विपक्षीको रणनीति

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिनबाट रोक्ने विपक्षी दलहरूले रणनीति बनाएका छन्।...

कोशी सरकारविरुद्धकाे रिटमा आइतबार सुनुवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा रिट दर्ता गरेको छ।...

कोशी प्रदेशमा बजेटको आकार घट्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिकमा वर्ष ५ अर्ब रुपैयाँले घट्ने बताएका छन्।...