बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामरा चोरी !

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गएकाे मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न ठाउँमा राखिएका पाँच वटा क्यामरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामरामध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार तथा चितवनमा एउटा क्यामरा चोरी भएको निकुञ्जले जनाएको छ । आज बुधवार पत्रका...

सम्बन्धित सामग्री

बाघ गन्न राखेका ५ क्यामरा चोरी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका मध्ये ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका हुन् ।

बाघ गणनाका क्यामरा जोगाउनै हम्मे

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्प्लेक्समा पाँच जोडी क्यामरा चोरी तथा फुटाइएका छन् । निकुञ्ज प्रशासनका अनुसार शुक्लाफाँटासँगै लालझाडी संरक्षित क्षेत्र र जोगबुडा तिनै क्षेत्रमा क्यामरा चोरी भएको र फुटाइएको अवस्थामा भेटिएका हुन् ।

पाटे बाघ गणनाका लागि बाँके–बर्दियामा जडान गरिएका १७ क्यामरा हराए

नेपालगन्ज । पाटे बाघ गणनाका लागि बाँके–बर्दिया कम्प्लेक्समा प्रयोगमा ल्याइएका १७ वटा अत्याधुनिक क्यामरा हराएका छन् । ‘ए ब्लक’का नौ वटा ‘सी ब्लक’का चार–चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिलेसम्म जङ्गलमा राखिएका ६ वटा क्यामरामा हात्तीले क्षति पुर्‍याइदिएको छ । बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्याधुनिक प्रविधियुक्त स्वचालित क्यामराहरु चोरी […]

निकुञ्जमा बाघ गणनाका क्यामरा हराए

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ । जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा क्यामरा नभेटिएपछि चोरी भएको हुनसक्ने अनुमान कर्मचारीको छ ।