निर्वाचनमा गठबन्धनको विषयमा काँग्रेसमा फरक–फरक सुझाव

काठमाडौँ– नेपाली काँग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरू आएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटी बैठकमा निर्वाचनकेन्द्रित अभियानका विषयमा लिइएको सुझावका क्रममा गठबन्धन गर्ने विषयमा फरक फरक सुझावहरू आएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उनले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाइ झुटो भएको बताए […]