इजरायलद्वारा गाजा क्षेत्रमा आक्रमण

अल जजिरा। इजरायली सेनाले गाजा क्षेत्रमा हमास समूहलाई लक्षित गरी आक्रमण गरेको छ। केहीयता इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भइरहेको छ। इजरायली सैन्य ट्याङ्कहरू गाजा क्षेत्रमा हमलाका लागि ल्याइएको प्यालेस्टिनी समाचार संस्थाले जनाएको छ। आक्रमणमा हालसम्म कुनै क्षतिको विवरण आएको छैन। इजरायली सेनाले केही क्षेप्यास्त्र आफूतर्फ हमला गरिएको र केही बीचैमा ध्वस्त पारिएको जनाएको छ।

सम्बन्धित सामग्री

कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण

वर्षौंदेखि इजरायलले घेराबन्दीमा रहेको गाजा पट्टीमा शुक्रबार इजरायली युद्धविमानले आक्रमण गर्दा इस्लामिक जिहाद समूहका कमाण्डर र एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।इस्लामिक जिहादको सैन्य शाखा अल–कुद्स ब्रिगेडका कमाण्डर तैसिर अल–जबारी गाजा शहरको मध्यभागमा रहेको प्यालेस्टाइन टावरको एउटा अपार्टमेन्टमा मारिएका थिए । सो टावरमा इजरायली युद्धविमानले आक्रमण गरेको समूहले जनाएको छ ।गाजाको स्वास्थ्य मन्त्रालयले अल–जबारी र पाँच वर्षीया एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जना

गाजामा इजरायलको हवाइ आक्रमण

इजरायलले गाजामा हमास आतंकवादीहरूविरुद्ध हवाइ आक्रमण गरेको छ। बीबीसीका अनुसार बुधवार गाजा क्षेत्रबाट विष्फोटनको आवाज आएको थियो। इजरायल डिफेन्स फोर्स (आइडिएफ) का अनुसार उक्त इलाकाबाट मंगलवार आगो लगाउने बेलुनहरू प्रक्षेपण गरिएको कारण कारवाही गरिएको हो। आइडिएफको लडाकु विमानले गाजा र खान यूनुस शहरलाई निशाना बनाएर आक्रमण गरेको थियो। जारी विज्ञप्तिमा…

इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

काठमाण्डाै – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गएको मे २१ मा युद्धविराम भएको थियो । इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षे...

लेबनानमाथि इजरायलको जवाफी आक्रमण

काठमाण्डाै - इजरायलले लेबनानमाथि जवाफी आक्रमण गरेको छ । यसअघि लेबनानले इजरायलमा चार वटा रकेट आक्रमण गरेको थियो । यसको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलले जनाएको छ । यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गर्नु भएको छ । गाजा क्षेत्रमा भइरहेको हिंसा पछि यो दुई नेताबीच चौथो पटक टेलिफोनमा कुराकानी भएको हो । उहाँहरुबीच गाजामा भइरहेको युद्धलाई रोक्ने विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनले आजै आफूले युद्धविराम वा युद्ध कम भएको घो...

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । इजरायली सेनाले गाजास्थ...

इजरायलद्वारा आज फेरि गाजा क्षेत्रमा हवाइ आक्रमण

बीबीसी। प्यालेस्टिनी पक्षले दक्षिणी इजरायलका शहरहरूमा आक्रमण गरेको जनाउँदै इजरायलले सोमबार बिहानै गाजा क्षेत्रमा दर्जनौंपटक हवाइ आक्रमण गरेको छ। इजरायल-प्यालेस्टाइनबीचको बढ्दो तनावबीच इजरायलले एक सातायता हमास समूहलक्षित गरी प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आइतबार तत्काल शान्ति स्थापनाका लागि गरेको आह्वानबीच आज पुनः इजरायलले आक्रमण गरेको हो।

इजरायलले गाजा सीमामा सेना र ट्याङ्क पठायो, स्थल कारबाहीको तयारी

एजेन्सी। प्यालेटाइनसँग तनाब बढेपछि इजरायलले गाजा क्षेत्रमा सेना र ट्याङ्क तैनाथ गरेको छ। इजरायलले अब प्यालेस्टाइनमा स्थल कारबाही सुरु गर्न लागेको जनाइएको छ। केही दिनयता इजरायलले प्यालेस्टाइनमाथि हवाई आक्रमण गरिरहेको छ भने प्यालेस्टाइनहरुले इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेका छन्। पछिल्ला दिनका आक्रमणमा गाजामा एक सय जना भन्दा बढी र इजरायलमा सात जनाको मृत्यु भएको छ।

इजरायलले गाजा सीमामा सेना र ट्याङ्क पठायो, स्थल कारबाहीको तयारी

एजेन्सी। प्यालेटाइनसँग तनाब बढेपछि इजरायलले गाजा क्षेत्रमा सेना र ट्याङ्क तैनाथ गरेको छ। इजरायलले अब प्यालेस्टाइनमा स्थल कारबाही सुरु गर्न लागेको जनाइएको छ। केही दिनयता इजरायलले प्यालेस्टाइनमाथि हवाई आक्रमण गरिरहेको छ भने प्यालेस्टाइनहरुले इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेका छन्। पछिल्ला दिनका आक्रमणमा गाजामा एक सय जना भन्दा बढी र इजरायलमा सात जनाको मृत्यु भएको छ।

इजरायलविरुद्ध लन्डन र न्यूयोर्कमा प्रदर्शन, गाजा आक्रमणको विरोधमा

इजयायलले प्यालेस्टाइनी हमास समूहमाथि लक्षित गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ। जसकारण गाजा क्षेत्र युद्ध मैदान जस्तै भएको छ। हमास समूहले पनि जवाफी कारवाही स्वरुप इजरायली शहरमा रकेट आक्रमण गरेको छ। हालसम्म आक्रमणमा ७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रीले जनाएका छन्।  यता इजरालयले प्यालेस्टाइनमाथि आक्रमण गरिरहँदा विश्वका…