चिनी निर्यातमा रोक लगाउने भारतको निर्णय

काठमाडौँ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबै खाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको […]

सम्बन्धित सामग्री

भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ । भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । ख...

भारतले चिनी निर्यातमा प्रतिबन्ध थप एक वर्ष बढायो

काठमाडौं । भारतले आफ्नो उत्पादनमा निर्यात प्रतिबन्धदेखि निर्यातमा कर लगाउन थालेको छ । गत शुक्रबार एक सूचना निकालेर भारतले चिनी निर्यात प्रतिबन्ध पनि लम्ब्याएको छ । भारतले पछिल्लो ४ महिनादेखि चिनी निर्यात रोकेको थियो । अब त्यो प्रतिबन्धलाई १ वर्ष लम्ब्याएको हो । यसअनुसार सन् २०२३ को अक्टोबरसम्म चिनी निर्यात प्रतिबन्ध हुनेछ । विश्व बजारमा […]

भारत सरकारले चिनी निर्यातमा ३५ करोड अनुदान दिने, चिनीको स्टक ५ प्रतिशतले वृद्धि

भारत सरकारको केन्द्रीय मन्त्रिपरिषद्ले बुधवार रु ३५०० करोडको चिनी निर्यात अनुदान स्वीकृत गरेपछि बिहीबार बिहानको कारोबारमा बीएसईमा चिनी उत्पादकहरूको शेयर ५ प्रतिशतसम्म बढेको थियो।

‘गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन’

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गहुँ–चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त...

भारतीय राजदूतको दाबी : गहुँ र चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन

२९ असार,काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि भारतीय राजदूतले दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजदूतको स्वागतमाआयोजित भेटवार्तामा राजदूत नवीन श्रीवास्तवले सो प्रतिबन्द नेपालका लागि नभएको बताएका हुन् । कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने […]

भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित

भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ।भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भारतले चिनी र गहुँ निर्

भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक

काठमाडौं । विश्वमा खाद्य संकटको अवस्था सिर्जना हुने भएपछि भारतले एकपछि अर्को वस्तु निर्यातमा रोक लगाइरहेको छ । केही दिनअघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब चिनी निर्यात पनि बन्द गरेको छ । आउँदो जेठ १८ गतेदेखि लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले चिनीसँगै चिनी उत्पादन गर्न […]

खाद्य संकटको भय : भारतले चिनी निर्यातमा पनि रोक लगायो

जेठ ११, नयाँदिल्ली(भारत) । भारतले चिनी निर्यातमा पनि रोक लगाएको छ ।  भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै  केही महीना निर्यातमा रोक लगाएको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ अर्थात् चार महीनाका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा अस्थाई रोक लगाउने निर्णय गरेको इकोनोमिक टाइम्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो । भारतबाट बंगलादेश, इन्डोनेशिया, मलेशियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ । भारतको यो निर्णयले नेपाललाई पनि प्रत्यक्ष असर पर्ने देखिएको छ । नेपालको स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न सक्दैन ।  नेपालको आन्तरिक उत्पादनले चिनीको घरेलु माग धान्न  पुग्दैन । नेपाल भारतलगायत अन्य मुलुकमा चिनीमा परनिर्भर रहेको छ । पछिल्लो समय विभिन्न देशहरुले खाद्यान्न निर्यातमा रोक लगाउँदै गएका छन् । रूस र युक्रेनबीचको द्वन्द्वले अन्तरराष्ट्रिय बजार महँगो बनाइदिएको छ। अहिले अन्तरराष्ट्रिय बजारमा खाने तेलका साथै मकै, गहुँ जस्ता खाद्यान्नको मूल्य बढ्ने क्रम जारी छ। भारतले रोक लगाएपछि अन्तरराष्ट्रिय बजारमा गहुँको भाउ बढेको छ । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा गहुँको भाउ उकालो लागेको हो । भारतले लगाएको प्रतिबन्ध अस्थायी भएको र यसमा पुनवलोकन हुन सक्ने बताइएको भएपनि अप्रत्याशित रुपमा निर्यात बन्द गर्ने भारत सरकारको निर्णयले विश्वभर खाद्य संकट झनै बढ्ने भय चुलिएको छ ।  त्यसमाथि विश्वभर मलखादको अभाव र कम उब्जनीका कारण पनि माग अनुरुपको आपूर्ति हुन नसक्दा विश्वभर गहुँ मात्र नभइ अन्य अन्नको भाउ मँहगिएको छ । गरिब देशहरुमा सामाजिक अशान्ति र भोकमरी नै उत्पन्न हुने हो कि भन्ने भय बढेको छ । भारतले उत्पादन घटेको र खाद्य असुरक्षा बढेको हो भन्दै शनिवार मात्र गहुँको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । एजेन्सीहरु